कला

‘एकान्तमा’ म्युजिक भिडियो सार्वजनिक

काठमाडौं । गीतकार अगम विकरालको ‘एकान्तमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । दार्जिलिङको मिरिकमा छायाङ्कन भएको भिडियोमा प्रतिमा लिम्बू र मनेन्द्र गोर्खाले अभिनय गरेका छन् ।

मेलिना राईको स्वर रहेको गीतमा नुहाङ राईको सङ्गीत र फणिन्द्र राईको ‘एरेञ्ज’ रहेको छ । ‘एकान्तमा तिम्रो यादले सताउँछ उसैगरी’, ‘छुट्यो बाटो, टुट्यो सपना’, ‘कति कति सम्झनामा ती पुराना क्षणहरु’लगायत बोलका गीत म्युजिक भिडियोमा समावेश गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन पनि सङ्गीतकार राईले नै गरेका हुन् । आपसी मतभेदका कारण श्रीमान्ले घर छोडेपछि एक्लिएकी युवतीको विरह भिडियोमा देखाइएको छ ।

गीतकार विकरालका यसअघि पनि केही म्युजिक भिडियो सार्वजनिक भइसकेका छन् ।रोजगारीको सिलसिलामा हाल दक्षिण कोरियमा रहेका विकरालले करिब एक दर्जन गीत रेकर्ड गराएका छन् ।

उनको ‘नसम्झिने वाचासँगै’ गीत लोकप्रिय छ ।

सम्बन्धित समाचार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार

काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´

काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना

काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...