कांग्रेसमा विशेष कि नियमित महाधिवेशन ?
काठमाडौँ । नेपाली कांग्रेसभित्र १५औं महाधिवेशन नियमित गर्ने कि विशेष भन्ने विषयमा विवाद तीव्र बनेको छ। यही कारण आइतबारका लागि बोलाइएको केन्द्रीय कार्यसमिति बैठक पनि दोस्रो पटक स्थगित गरिएको छ। यसअघि शुक्रबार बस्ने भनिएको बैठक सहमति नजुटेकै कारण स्थगित हुँदै आइतबारका लागि तोकिएको थियो। तर विवाद झन् चर्किएपछि आजको बैठक पनि स्थगित भएको हो।
गुटगत छलफलमा नेताहरू व्यस्त
महाधिवेशन मितिबारे सहमति नजुटेपछि कांग्रेसभित्र संस्थापन पक्ष र संस्थापनइत्तर पक्षबीच गुटगत र समूहगत छलफल तीव्र बनेको छ।
नयाँ बानेश्वरस्थित आनन्दभूमि ब्याङ्क्वेटमा आइतबार पनि दुवै पक्षका नेताहरूबीच छलफल जारी रहेको पार्टी स्रोतले जनाएको छ। कार्यसम्पादन समितिमा नरहेका केन्द्रीय सदस्यहरू पनि उक्त भेलामा सहभागी छन्।
बैठकमा समसामयिक राजनीतिक अवस्थासँगै पार्टीभित्रको आन्तरिक गतिविधि र नेतृत्वको प्रभावकारिताबारे छलफल भइरहेको सहभागी नेताहरूले बताएका छन्। उनका अनुसार, चालू केन्द्रीय समितिलाई कसरी प्रभावकारी बनाउने र १५औं महाधिवेशनको मिति प्रस्ताव गर्ने विषयमा पनि तयारी भइरहेको छ।
विशेष महाधिवेशनको माग टुंगोमा
संस्थापन पक्षका नेताहरूले विशेष महाधिवेशनसम्बन्धी मागका लागि बुझाइएका हस्ताक्षरहरूको भेरिफिकेसन गरी त्यसलाई टुंगोमा पुर्याउने तयारी गरेका छन्।
कांग्रेसको केन्द्रीय कार्यसमितिमा विशेष महाधिवेशन मागसहित हस्ताक्षर बुझाइए पनि उक्त एजेन्डा औपचारिक रूपमा कार्यसूचीमा समावेश गरिएको छैन। २९ असोजमा कांग्रेस नेता गुरुराज घिमिरेको नेतृत्वमा २,४८८ जना महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाइए पनि त्यसको औपचारिक चर्चा कार्यसूचीमा प्रवेश गर्न सकेको छैन।
महामन्त्रीहरू र सभापति पक्षबीच मतभेद
महामन्त्री र सभापति पक्षबीच पनि महाधिवेशन मिति र कार्यतालिकाबारे ठूला मतभेद देखिएका छन्।
महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापा दुवैजना पुसभित्रै महाधिवेशन गर्नुपर्ने अडानमा छन्। शर्माले पुस १६ देखि १९ गतेसम्मको मिति प्रस्ताव गरेका छन् भने थापाले पनि ढिलोमा पुसभित्र नै निर्वाचन सम्पन्न गर्नुपर्ने धारणा राखेका छन्।
तर सभापति शेरबहादुर देउवा पक्षले वैशाखमा मात्र महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ। उनीहरूको तर्क छ— निर्वाचनअघि महाधिवेशन सम्भव छैन र व्यवहारिक पनि हुँदैन।
बैठक स्थगित, नयाँ मिति तय
महाधिवेशन कार्यतालिकाबारे सहमति नजुटेकै कारण आइतबारको केन्द्रीय कार्यसमिति बैठक फेरि स्थगित भएको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार अब बैठक १८ कात्तिक दिउँसो १ बजे बस्नेछ। उक्त बैठकमा केन्द्रीय पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिलाई उपस्थित रहन अनुरोध गरिएको छ। विशेष वा नियमित महाधिवेशनको विषयमा अन्तिम टुंगो अब सो बैठकपछि लाग्ने अपेक्षा गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...
एमाले कास्कीका नेता कृष्ण थापाको हृदयघातका कारण निधन
काठमाडौँ। नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयाघातले निधन भएको छ। बिहीबार कास्की जिल्ला कमिटीले राखेको क्षेत्र नम्बर १...




