आजको तस्बिर

राष्ट्रपति पौडेल कतार प्रस्थान (फोटो भिडियो)

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल कतार प्रस्थान गर्नुभएको छ । सोमवार बिहान पौडेल त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै कतार प्रस्थान गर्नुभएको हो ।


कतारको दोहामा आयोजना हुने सेकेण्ड वल्र्ड समिट फर सोसियल डेभलपमेन्ण्ट कार्यक्रममा भाग लिन पौडेल कतार प्रस्थान गर्नुभएको हो ।

उहाँ कात्तिक १७ देखि २० गतेसम्म कतारमा रहनुहुनेछ । उहाँलाई विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलगायत संवैधानिक निकायका प्रमुख र उच्चपदस्थ कर्मचारीले बिदमाई गर्नुभयो ।


पौडेल नेतृत्वको नेपाली प्रतिनिधिमण्डलको भाग लिन मन्त्रीपरिषद्को बैठकले गत बुधवार भ्रमण स्वीकृत गर्ने निर्णय गरेको थियो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

भाले चिराइतो

भाले चिराइतो

ताप्लेजुङको मैवाखोला गाउँपालिका क्षेत्रमा पर्ने तीनजुरे–मिल्के क्षेत्रबाट सङ्कलन गरी बिक्रीका लागि तयारी अवस्थामा राखिएको भाले चिराइतो । तस्बिरः दिलकुमार...

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

उम्मेदवारको पदचाप : घरदैलो पुगिरहेका रवीन्द्र मिश्र

काठमाडौँ। राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र यसपटक पनि काठमाडौँ १ बाट उम्मेदवार छन्। उनी यसअघि २ पटक सोही क्षेत्रबाट...

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

माघे संक्रान्तिको मीठासः चाकुको स्वादिलो यात्रा (फोटो फिचर)

काठमाडौं। नेपालको हिमाली र पहाडी भेगमा माघे संक्रान्ति जाडो यामको अन्त्य र बसन्तको आगमनको सङ्केत मानिन्छ। यो पर्वमा चाकुको...

नमूना मतपत्र

नमूना मतपत्र

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड भक्तपुरमा प्रत्यक्षतर्फको नमुना मतपत्र छाप्दै कर्मचारीहरु तस्बिरहरू...