अन्तर्राष्ट्रिय

इराक र टर्कीद्वारा जल सहयोग सम्झौतामा हस्ताक्षर

इराक र टर्कीले पानी सहयोग सम्झौता कार्यान्वयन गर्न कार्यकारी संयन्त्रमा हस्ताक्षर गरेका छन् । जसलाई इराकी प्रधानमन्त्री मोहम्मद शिया अल–सुदानीले इराकमा पानी संकटको दिगो समाधानमध्ये एक भनेर स्वागत गर्नुभएको छ ।

अल–सुदानीको मिडिया कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि यो संयन्त्रमा इराकी विदेशमन्त्री फुआद हुसेन र उहाँका भ्रमणमा रहेका टर्कीका समकक्षी हकान फिदानले हस्ताक्षर गर्नुभएको छ । अल–सुदानीले यो सम्झौता पानी क्षेत्रमा संयुक्त प्रमुख परियोजना प्याकेजहरूमार्फत कार्यान्वयन गरिनेमा जोड दिनुभयो ।

उहाँले यो संयन्त्रले द्विपक्षीय सम्बन्धलाई बढाउने र विभिन्न क्षेत्रहरूमा उनीहरूको विकासमा योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो । फिदानको बगदाद भ्रमणको समापनमा हस्ताक्षर भएको थियो । जहाँ उहाँले इराकी राष्ट्रपति अब्दुल लतीफ रशीदसँग भेट गर्नुभएको थियो ।

राष्ट्रपति कार्यालयको एक विज्ञप्तिमा भनिएको छ कि बैठकको क्रममा रशीदले टिग्रिस र युफ्रेटिस नदीहरूमा इराकको स्थापित अधिकारहरूको रक्षा गर्ने पानी बाँडफाँडको लागि निष्पक्ष र सन्तुलित दृष्टिकोणको लागि आह्वान गर्नुभयो ।

इराक र टर्किएले २०२४ मा टाइग्रिस र युफ्रेटिस नदीहरूको जलस्रोतको लागि १० वर्षे व्यवस्थापन योजनामा हस्ताक्षर गरेका छन् । जुन टर्किएको उत्तरबाट उत्पत्ति हुन्छ र दक्षिणी इराकमा बग्छ । इराकले लामो समयदेखि पानीको आफ्नो घट्दो हिस्साको बारेमा चिन्ता व्यक्त गर्दै आएको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...