माधव नेपालको खोटका कारण पार्टी विलय हुँदैछ, नयाँ पार्टी निर्माण गर्ने प्रक्रियामा संकल्प लिएर अघि बढौँः झलनाथ खनाल
काठमाडौँ। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टी पुनःगठनको घोषणा गर्नुभएको छ ।
पार्टीका अध्यक्ष माधवकुमार नेपालका कारणले पार्टी विभाजित भएपनि पार्टी विलय नहुने जिकिर गर्नुभएको हो । नेता खनालले सम्पूर्ण नेता,कार्यकर्ताहरुलाई अन्य कुनै पार्टीमा प्रवेश नगरी स्वाभिमानका साथ पार्टी पुनर्गठनमा लाग्न आग्रह गर्नुभयो ।
उहाँले सम्पूर्ण नेपालीको चाहना नेपाली विशेषता सहितको सुन्दर, स्वतन्त्र नेपाल निर्माण गर्ने भएकाले अबका दिनमा त्यसतर्फ ध्यान दिनुपर्ने उहाँको भनाइ छ । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै सम्मानित नेता खनालले इतिहासमा मालेबाट एमाले बनाएको अवस्थालाई स्मरण गर्दै अबका दिनमा एकीकृत समाजवादीको क्रान्तिकारी धारको लेगेसीलाई पुनःजागृत गर्दै नयाँ पार्टी निर्माण गर्ने बताउनु भयो।
कुनै अर्को पार्टीमा गएर विलय हुनेकुरा गलत भएको बताउँदै पार्टी पुनः गठनमा जुट्न आह्वान गर्नुभयो । अब आफूहरु नयाँ कार्यदिशा, नीति र सिद्धान्तको आधारमा अघि बढ्ने दाबी गर्दै सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माणमा जुट्न आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘म हाम्रो पार्टी नेकपा एकीकृत समाजवादी अहिलेसम्म त यही पार्टी हो, पार्टीमा रहेका सम्पूर्ण नेता, कार्यकर्ता, शुभेच्छुकहरु चाहे झापामा रहेका हुनुहोस्, चाहे ताप्लेजुङमा रहेको हुनुहोस्, चाहे कञ्चनपुरमा रहेको हुनुहोस्, चाहे तपाईं दार्चुलामा रहेको हुनुहोस् । हिमाल मधेस जहाँ रहनुभएको होस् तपाईंहरुलाई म के भन्न चहन्छु भने हामी अहिले कमरेड माधवकुमार नेपालको नेतृत्वमा रहेको खोटको कारणले अहिले यो पार्टी विभाजित हुँदैछ र यो पार्टीको अर्को फ्याक्सन चाहीँ अब अर्को पार्टीमा गएर विलय हुँदैछ । त्यसो हुनाले यो विलय हुने कुरा पनि विलकुल अहिलेको अवस्थामा गलत कुरा हो र यो पार्टीलाई विभाजन गर्नेकुरा झन गलत कुरा थियो तर अब हामी चाहीँ पार्टीलाई पुनर्गठन गर्न बाध्य भएका छौँ । त्यसकारण कोही पनि साथीले आत्तिनुपर्ने जरुरी छैन । कतैतिर गएर विलय हुनुपर्ने आवश्यकता पनि छैन । कहीँ गएर निहुरिएर प्रवेश गर्नुपर्ने आवश्यकता पनि छैन । सबैलाई स्वाभिमानका साथ ठिङ्ग उभ्भिन र यो पार्टी पुनर्गठन गर्ने अभियानमा लाग्न म सबैलाई आर्दिक अनुरोध गर्दछु । हामी एउटा नयाँ कार्यदिशा नीति र सिद्धान्तको आधारमा अघि बढ्छौँ । तपाईं हामी सबैको सपना भनेको एउटा सुन्दर नेपाली विशेषता सहितको सुन्दर नेपाल, एउटा स्वतन्त्र नेपाल, एउटा स्वाधिन नेपाल, एउटा समृद्ध नेपाल, तमाम भ्रष्टाचार, बेभिचार कुशासन आदि समाप्त भएको नेपाल । वर्ग, वर्गिय भेद, जातिय भेद, विविध खालका सामाजिक भेद, अनेक प्रकारका भाषागत भेद र धार्मिक भेद छन् त्यस्ता नभएको नेपाल, साँच्चै नै सुन्दर सबै प्रकारका हक र अधिकारले युक्त भएका नेपाल निर्माण गर्ने तपाईं हामीको सपना हो । हो यो सपना पूरा गर्नका लागि हामीले अब नयाँ पार्टी निर्माण गर्नुपर्ने आवश्यकता देखियो र यो नयाँ पार्टी निर्माण गर्ने प्रक्रियाप्रति एउटा संकल्प लिएर अगाडि बढौं । कोही पनि देब्रे दाहिने नलाग्नुहोस् । अब हामी त्यो नेतृत्व गर्छौं, हामी नेतृत्व गर्छौं तपाईलाई सहि नेतृत्व दिन्छौँ, लप्पन छप्पन गर्ने खाले चाहीँ विविध ढंगले विचैलियाका पछि लाग्ने जस्ता खालका कामहरुबाट होइन हामी सच्चा अर्थमा जनतासँग जाने, जनतालाई जागृत गर्ने, संगठित गर्ने र साचो अर्थको स्वाधिन, स्वतन्त्र, समृद्ध नेपाल निर्माण गर्नेमा हामी अगुवाइ गर्छौं र हामी साचो अर्थको सच्चा पार्टी बनाउँछौ । जसरी हामीले माले, एमाले बनाउँदा खेरि त्यो कालखण्डमा साँचो अर्थका क्रन्तिकारी पार्र्टी बनाएका थियौ त्यसलाई हामी रिभाइभ गर्छौं, पुनःजागृत गर्छौं । हामी नेकपा एकीकृत सामाजवादीको क्रान्तिकारी धारको जुन लेगेसि हो त्यसलाई हामीले निरन्तरता दिन्छौ । नेकपाको क्रान्तिकारी धारलाई जुन छ त्यसको लेगेसिलाई हामी निरन्तरता दिन्छौ र आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम हामी एउटा नयाँ पार्टी निर्माण गर्छौं ।’
सम्मानित नेता खनालले आजको विशिष्ट अन्तर्राष्ट्रिय राष्ट्रिय परिस्थिति बमोजिम नयाँ पार्टी निर्माणमा आफूहरु लाग्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
मौन अवधिमा म र कांग्रेसविरुद्ध प्रहार भयो : गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मौन अवधिमा पनि आफू र आफ्नो पार्टीविरुद्ध भ्रामक सूचना फैलाउने क्रम नरोकिएको...
प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश
काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...
धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज
काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...
६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ
काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...




