हामी नयाँ घर फर्कदैछौँ : किसान श्रेष्ठ
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी केन्द्र) का नेता किसान श्रेष्ठले आफूहरू नेकपा (एमाले) मा फर्कन लागेको बताउनुभएको छ । बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरी पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग पार्टी एकता र घनश्याम भुसालले पार्टी पुनर्गठन गर्न लागेको बताउँदै आफूहरू दुवैतिर नलागी आफ्नै पुरानो घर फर्कन लागेको जानकारी दिनुभएको हो ।
आफूहरू एमाले प्रवेश गर्न लागेको नभई आफ्नो घर फर्कन लागेको उहाँले स्पष्ट पार्नुभयो । ‘हाम्रो मूल घर, हामीले पसिना बगाएको, हामीले जीवन अर्पण गरेको पार्टी नेकपा (एमाले) मा प्रवेश होइन, कि घर फर्कने अभियानमा जुटेको छौँ’ उहाँले भन्नुभयो ।
एमालेमा आफूहरू कुनै पदका आशा गरेर जान नलागेको उहाँले स्पष्ट पार्नुभयो । ‘हामी घर फर्कने क्रममा एमालेसँग वार्ता संवादमा छौँ, देशभरिका नेता कार्यकर्तालाई पनि एमालेमा फर्कन आह्वान गर्न चाहन्छौँ, कुनै पद वा सशर्त घर फर्कने हाम्रो कार्यक्रम छैन, हामी निसर्त फर्कन्छौँ, हामीलाई केही चाहिएको छैन, हाम्रो मूल घरमा, हाँसेर बोलिदिए, सम्मान गरिदिए पुग्छ’ उहाँले भन्नुभयो ।
श्रेष्ठले माओवादीमा मिल्न लाग्नु भएको माधव नेपाल र नयाँ पार्टी घोषणा गर्न लाग्नु भएका घनश्याम भुसाललाई पनि शुभकामना दिनुभयो । आफूहरूले जाने र नजानेर एमालेबाट विद्रोह गरेको कुरालाई भुलेर घरमा नै फर्कने वातावरण बनाइदिन पनि उहाँले एमाले नेतृत्वलाई अनुरोध गर्नुभयो । ‘हामीलाई विनासर्त घर फर्कने वातावरण बनाइदिनु अनुरोध गर्दछु’ उहाँले भन्नुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...
धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...




