यस्तो छ नवगठित नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र
काठमाडौँ । नेपाली कम्युनिस्ट पाटीको घोषणापत्र सार्वजनिक गरिएको छ । बुधबार भृकुटीमण्डपमा आयोजित एकता सभा तथा राष्ट्रिय सम्मेलनमा उक्त पार्टीको घोषणापत्र पढेर सार्वजनिक गरिएको हो ।
नेता देव गुरुङले नवगठित पार्टीको घोषणापत्र अहिलेलाई संक्षिप्त मार्गचित्रका रूपमा प्रस्तुत गरिएको बताउनुभयो।
पार्टीको विस्तृत घोषणापत्र भने अव बन्ने कार्यदलले बनाउने भन्दै अहिले निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा बुझाउन तयार गरिएको प्रस्तावका रूपमा रहेको जनाइएको छ । संक्षिप्त घोषणापत्रमा २३ बुँदे प्रतिबद्धता समेटिएको छ ।
जसमा समाजवादी क्रान्ति र कार्यक्रमप्रति प्रतिबद्ध, नेपालको संविधानको रक्षासहित सङ्घीयताको सवलीकरणका लागि परिमार्जन गरिने, भ्रष्टाचार नियन्त्रण र सुशासन, सम्पत्ति जाँचबुझ आयोग गठन र भ्रष्टाचारीलाई कारबाही गर्न कदम चाल्ने, स्वास्थ्य शिक्षाजस्ता आधारभूत सेवाको ग्यारेन्टी गरिने घोषणापत्रमा समावेश छ ।
बहिष्करण र वञ्चितिकरणमा परेकाहरूको अधिकार सुनिश्चित गर्न लागि पर्ने, आत्मनिर्भर अर्थतन्त्र निर्माण र गरिबी नियन्त्रणको प्रयास गर्नेलगायत रहेका छन् ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




