खेलकुद

नेपालको चाैथो हार, यूएईसँग समेत पराजित

काठमाडौं। आइसीसी विश्वकप लिग–२ क्रिकेटअन्तर्गत युएई सिरिजमा नेपाल जितविहीन बनेको छ । युएईमा भएको ४ वटै खेलमा नेपाल पराजित हुन पुग्यो । बुधबार भएको अन्तिम खेलमा नेपाल घरेलु टोलीसँग ४ विकेटले पराजित हुन पुग्यो ।

नेपालले दिएको २४० रनको लक्ष्य पछ्याएको युएईले ४९ ओभर १ बलमा ६ विकेट गुमाएर पुरा ग¥यो । युएईका मोहम्मद शाहदादले सर्वाधिक ९६ रन बनाए । उनले १२३ बलमा ६ चौका र ३ छक्का प्रहार गरे ।

शाहदादले मोहम्मद वासिनलाई चौथो विकेटका लागि १४७ रनको साझेदारी गरेका थिए । मोहम्मदले ७३ बलमा ७६ रन बनाएर आउट भए ।

 

बलिङमा नेपालका करण केसीले ३, नन्दन यादव, सन्दीप लामिछाने र ललित राजवंशीले एकएक विकेट लिए ।

त्यसअघि आइसीसी एकेडेमी ग्राउण्डमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २३९ रन बनाएको थियो । नेपालका लागि भीम सार्कीले सर्वाधिक ४८ रन बनाए ।

कुशल मल्ल ४५, आसिफ शेख ३४, कुशल भुर्तेल २, कप्तान रोहित पौडेल २, आरिफ शेख ३०, दीपेन्द्रसिंह ऐरी ३७, करण केसी ०, नन्दन यादव १ रनमा आउट भए । ललित राजवंशी ४ र सन्दीप लामिछाने १५ रनमा अविजित रहे ।

बलिङमा युएईलाई धु्रव पराशर, मोहम्मद जवाद उल्लाह र जुनैद सिद्दिकीले दुईदुई विकेट लिए । यो सिरिजमा नेपालले कुनै पनि खेलमा जित निकाल्न सकेन ।

सम्बन्धित समाचार

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

पश्चिम एसिया तनाव : स्थगित भयो नेपालमा हुने लिग २ को एकदिवसीय शृंखला

काठमाडौं। पश्चिम एसियामा जारी तनावका कारण आईसीसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, ओमान र यूएईबीच हुने त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित...

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

साफ यू२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा

काठमाडौँ।  साफ यू-२० च्याम्पियनसिप खेल्ने नेपाली राष्ट्रिय फुटबल टिम घोषणा भएको छ। मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले धर्बेन्द्र...

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...