अर्थ

पाक्न लागेको धानबालीमा वर्षाले क्षति, किसान चिन्तित

इलाम । इलाममा पाक्न लागेको धानबालीमा वर्षाले क्षति पुर्‍याएपछि किसानहरू चिन्तित भएका छन् । गत कात्तिक १३ देखि १५ सम्मको अविरल वर्षाले जिल्लाको दश वटै पालिकामा पाक्न लागेको धानबालीमा क्षति गरेपछि किसानहरू चिन्तित भएका हुन् ।

पाक्न लागेको धानबालीमा वर्षाले क्षति गरेको माङसेबुङ गाउँपालिका–३ सिङलाबुका किसान मनिस सुनुवारले बताउनुभयो। “मेरो १५ रोपनी क्षेत्रमा लगाएको धानबाली ढलेर सोतर भएको छ”, उहाँले भन्नुभयो, “प्रमुख बालीको रुपमा लगाउँदै आएको धान ढलेर सोतर भएपछि समस्या पर्ने चिन्तामा छु ।”

निरन्तरको वर्षाले खेतमा पाक्न लागेको धानबाली सबै लडाएर अपूरणीय क्षति भएको अर्का किसान आइन्द्र योङहाङको दुखेसो छ । “धान भित्र्याउने बेला वर्षाले सबै जमिनमै मिलाइदिएको छ”, उहाँले भन्नुभयो, “बेला न कुबेला आएको वर्षाले किसानलाई मारमा पार्‍यो ।”

खेतमा ढलेर करिब ५० प्रतिशत धानबालीमा क्षति पुगेको उनको भनाइ छ । माङसेबुङका सयौँ किसानको धानबालीमा क्षति पुर्‍याएको छ । उता फाकफोकथुम गाउँपालिकामा पनि वर्षाले सयौँ किसानको धानबालीमा क्षति पुगेको किसानहरुको दुखेसो गरेका छ । फाकफोकथुम–७ का पञ्च योङहाङले पाक्नै लागेको धानबाली लगातारको वर्षाले सबै ध्वस्त बनाएको बताउनुभयो। “निरन्तर परेको पानीले सबै खेतको धान पूरै भाँचिएर जमिनमा मिलाइदिएको छ”, उहाँले भन्नुभयो, “हिउँदमा समेत बर्खामा झैँ परेको पानीले किसानलाई बिजोग बनायो ।”

जिल्लाको तल्लो क्षेत्रका किसानले लगाएको धान पाक्न लागेको बेलामा कात्तिके वर्षाले व्यापक क्षति गरेपछि किसानहरू चिन्तित बनेका छन् । इलामको तल्लो क्षेत्रअर्थात् चुलाचुली गाउँपालिका, माई नगरपालिका तथा माङसेबुङ, फाकफोकथुम, रोङ, माईजोगमाई, सन्दकपुर गाउँपालिका र देउदेमाई, इलाम र सूर्योदय नगरपालिकाका तल्लो क्षेत्रमा धानखेती हुनेगरेको छ ।

यहाँको माई नगरपालिका र रोङ गाउँपालिका किसानले उन्नत जातको सावित्री र रञ्जित खेती गर्ने गर्छन् । अन्य क्षेत्रका किसानले रैथाने बेलकुटी, चिराखे, अटे, चुल्ठे, भँगेरे, टिमुरे, बयर्नी, रामतुलसी, रुदुवा, नानिया, चम्पासरी, तापमारालगायत जातका धानखेती गर्ने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख रविकिरण अधिकारीले बताउनुभयो।

इलामको माई र इलाम नगरपालिका सहित चुलाचुली गाउँपालिकामा सबैभन्दा धेरै धानखेती हुँदै आएको छ । इलाममा १४ हजार ८१५ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ ।

सम्बन्धित समाचार

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो

वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...

कति छ विदेशी मुद्राको विनिमय दर?

कति छ विदेशी मुद्राको विनिमय दर?

काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...

बढ्यो सेयर बजार

बढ्यो सेयर बजार

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...

सुनको मूल्यमा गिरावट

सुनको मूल्यमा गिरावट

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...