राजनीति

वामदेव गौतमको प्रस्तावः प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय शासन प्रणालीमा जाऔँ

काठमाडौँ। नवगठित नेपाली कम्युनिष्ट पार्टीका नेता वामदेव गौतमले मुलुकमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली कायम गर्नुपर्ने प्रश्ताव गर्नुभएको छ ।

बुधवार काठमाडौंमा आयोजित पार्टीको एकता राष्ट्रिय सम्मेलनमा बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । सधैभरी ६र६ महिनामा सरकार परिवर्तन गर्ने, महिनामहिनामा सरकार परिवर्तन गर्ने विद्यमान शासन प्रणाली समाप्त गरेर मात्रै मुलुकलाई अघि बढाउन सकिने नेता गौतमको तर्क थियो । उहाँले मुलुकमा समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको जिकिर समेत गर्नुभयो ।

नेता गौतमले भन्नुभयो, ‘यो सधैँभरी ६-६ महिनामा सरकार परिवर्तन गर्ने, महिनारमहिनामा सरकार परिवर्तन गर्ने सिष्टम राज्य संचालन र शासन यो प्रणाली समाप्त गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपयीय प्रणाली कायम गर्नुपर्दछ । र पूर्ण समानुपातिक निर्वाचन प्रणाली लागू गर्नुपर्दछ । त्यसो भयो भने हामी अगाडि बढ्नसक्छौँ । तपाईहरुलाई मेरो विनम्र अनुरोध छ–यो प्रश्ताव पारित गरिदिनोस्, यसलाई साथ दिन जनता तयार छ ।’
नेता गौतमले पार्टी सञ्चालनका लागि नेताहरुले अनिवार्य रुपमा वर्षमा एक महिना श्रम शिविरमा काम गर्ने व्यवस्था हुनुपर्ने समेत बताउनु भयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...