कला
२० कार्तिक २०८२ ८:५८
खबर सेवा · More from author
हरिवंशलाई लिएर ‘पाँच पाण्डव’ घोषणा
खबर सेवा
काठमाडौँ। अभिनेता हरिवंश आचार्यलाई लिएर नयाँ चलचित्र ‘पाँच पाण्डव’ निर्माण हुने भएको छ । सुशील पौडेलको लेखन तथा वसन्त निरौलाको निर्देशनमा तयार हुने उक्त चलचित्रको हालै मुहूर्त गर्दै निर्माण घोषणा गरिएको हो ।
उहाँले चलचित्रको नाम धार्मिक सुनिए पनि कथा सामाजिक विषयवस्तुमा निर्माण भएको जानकारी दिनुभयो । निर्देशक निरौलाले भन्नुभयो, “हामीले पाँच जना दाजुभाइको कथालाई लिएर चलचित्र तयार गर्दैछौँ । यसको विषयसँग मिल्दो भएकाले पाँच पाण्डव नाम राखिएको हो । यसले मनोरञ्जनसँगै सामाजिक सन्देश पनि प्रवाह गर्नेछ ।”
उहाँले चलचित्रमा अभिनेता आचार्यसँगै सीताराम कट्टेल ९धुर्मुस०, जितु नेपाल र सागर लम्साल ९बले०, दीपाश्री निरौला, रजनी गुरुङलगायतको अभिनय रहने जानकारी दिनुभयो । छायाङ्कन अगाडि अन्य कलाकारको परिचय मिडियामा गराउने निर्देशक निरौलाले बताउनुभयो ।
कालीरानी फिल्म्सको प्रस्तुतिमा बन्ने चलचित्रका निर्माता नवीन श्रेष्ठ हुनुहुन्छ । ‘पाँच पाण्डव’ले हिन्दू महाकाव्य महाभारतका केन्द्रीय पात्र पाँच पाण्डवलाई आधुनिकता राखेर चलचित्रमा प्रस्तुत गरिने लेखक पौडेलले जानकारी दिनुभयो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
यस वर्ष १० करोडमाथि व्यापार गर्ने नेपाली फिल्मको संख्या पुग्यो चार
काठमाडौं। यस वर्ष चार वटा नेपाली फिल्मले बक्स अफिसमा १० करोड रूपैयाँभन्दा बढीको ग्रस कमाइ गर्न सफल भएका छन्।...
८ फागुन २०८२ १६:०६
बालेनको युट्युवबाट आयो `झरीपछिको इन्द्रेणी´
काठमाडौं। अर्जुन घिमिरे (पाँडे) को डेब्यु निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ युट्युवमा सार्वजनिक भएको छ। हलमा रिलिज भएको दुई...
७ फागुन २०८२ १६:४५
वर्षाले छाडेपछि ‘कार्की साइँला’मा भित्रिइन् प्रियना
काठमाडौँ। राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’मा मुख्य अभिनेत्री परिवर्तन भएका छन् । गत बैशाखमा वर्षा सिकावोटीलाई...
७ फागुन २०८२ १२:१३
प्रदर्शनरत कुन चलचित्रको कति कमाइ ?
काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली चलचित्रको व्यावसायिक विवरण सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गत रहेको...
४ फागुन २०८२ १६:५१




