लेकका भेडीगोठ बेँसी झरेपछि चहलपहल
मुगु। भेडाहरु सात महिनापछि लेकबाट बेँसी झारेपछि कोटिलाका बेँसी क्षेत्रहरुमा गोठाला र बस्तुभाउको चलहपल बढेको छ ।
लेकमा चिसो पढेपछि गाई, भैंसी, भेडाबाख्राहरु उक्त क्षेत्रमा सारिएका हुन् । हरेक वर्ष वैशाख/जेठ महिनामा लेक चढ्ने र असोजदेखि कात्तिक महिनाको पहिलो हप्ता बेँसी झार्ने परम्परा अनुसार यो वर्ष पनि भेडी गोठाला बेसी झरेपछि छायानाथ रारा नगरपालिकाको कोटिला, मुन्दु र रोवाका बेँसीमा चहलपहल बढेको छायाँनाथ रारा नगरपालिका वडा ६ का स्थानीय बालकृष्ण ऐडीले बताउनुभयो।
उहाँले भन्नुभयो, यहाँका एकै परिवारले सयौंको सङ्ख्यामा भेडा बाख्रा पाल्ने हुँदा बर्खाको समयमा जिल्लाको लेक रिप्टिचौड्, वाग्जाला, धर्मेको पाटन क्षेत्रमा बसेका हामी गोठलाहरु अहिले बेँसी क्षेत्रमा झरेका छौं । अब यी बेँसी क्षेत्रमा गहुँ, जौं हुर्केपछि सिमखाडा र हलिमाँद्या भन्ने ठाउँमा जाने स्थानीय भेडीगोठाला बालकृष्ण ऐडीले बताउनुभयो । लेकबाट भेडी गोठालाहरु सुरुमा कोटीलाको माझपानी झर्ने र त्यहाँ गहुँ, जौ छरेपछि विस्तारै अन्य ठाउँमा जाने उनको भनाइ छ । अबको करिब २५ दिनमा सिमखाडा र हलोमाद्या क्षेत्रमा बस्ने र त्यसपछि खर्कधारा र रिगमाँडु र जालझेडा, गायतका ठाउँमा गोठ सानें ऐडीले बताउनुभयो ।
छायाँनाथ रारा नगरपालिका वडा ६ का जयलाल कार्कीका अनुसार यो त हाम्रो परम्पराजस्तै हो, यति धेरै सम्पत्ति एके ठाउँमा पाल्न सकिँदैन बर्खामा लेक हिउँदमा बेँसी गरेर पाल्नुपर्छ । ूहाम्रो पूर्खाहरूले आयआर्जनका लागि यही गरे, हामीहरूले पनि यही नै गर्दै आएका छौं, तर पछिल्लो समय पहिलेको जस्तो अवस्था छैनू, कार्कीले भन्नुभयो, ूअहिले त धेरैले बस्तुभाउ पाल्न कम गरेका छन्, पहिले–पहिले त एउटै घरमा एकसय देखि तीन सय सम्म भेडाबाख्रा ९बस्तुभाउ० हुन्थे, अहिले त धेरे कम भएका छन् ।ू
कार्कीका अनुसार वस्तुभाउ पाल्न धेरै गाह्रो छ, एकै ठाउँमा राखेर पाल्न सकिंदैनन्, वर्षभरि चरनका लागि ठाउँ ठाउँमा सार्नुपर्छ । गोठ सार्ने, पशुचौपाया सार्ने, घाँस काट्ने, पहिले हाम्रा अग्रजहरुलाई भने कति गाह्रो थियो होला, त्यसबेला त अहिलेको भन्दा धेरै पाल्थे, यहीबाट खान लाउन पुगे त हुन्थ्यो पुग्दैन, अरु दुःख पनि गर्नुपर्ने गुनासो कार्कीले गर्नुभयो।
यस क्षेत्रका किसानले सयौं पशुचौपाया पाल्दै आए पनि व्यावसायिक बन्न सकेका छैनन् । यता भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाका अनुसार कर्णाली प्रदेशको आर्थिक सहयोगमा जिल्लाका भेडापालक कृषकलाई ७० भन्दा भन्दा माथि भेडा पाल्ने कृषकहरुलाई प्रोत्साहनकालागि हरेक वर्ष दुई सय जना कृषकलाई जनहि अठार हजार रुपियाँका दरले प्रोत्साहन बापत रकम वितरण गर्दै आएको छ।
कार्यालयको तथ्यांक अनुसार जिल्लामा सात हजार ४ सय वटा भेडा रहेका छन्।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
सम्बन्धित समाचार
सात महिनामा वीरगञ्जबाट पाँच खर्ब ९५ अर्ब ४६ करोडको सामान भित्रियो
वीरगञ्ज । चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु पाँच खर्ब ९५ अर्ब ४६ करोड मूल्य बराबरका...
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...




