गृहमन्त्रीलाई ‘काम गर अथवा पद छोड’ भन्ने संदेश : ‘हामी नेपाल’का स्वयंसेवीद्वारा तीखो आलोचना
काठमाडौं। भदौ २३ गते भएको Gen Z आन्दोलनमा स्वयंसेवकका रूपमा सक्रिय रहेका ‘हामी नेपाल’ अभियानका एक स्वयंसेवकले हालका गृहमन्त्री ओमप्रकाश अर्यालप्रति तीखो असन्तुष्टि व्यक्त गर्नुभएको छ।
उहाँले सामाजिक सञ्जाल फेसबुकमार्फत गृहमन्त्रीलाई जनताको भरोसा तोडेको आरोप लगाउँदै “काम गर्न नसके पद छोड्ने वाचा सम्झनुहोस्” भन्दै सशक्त सन्देश सार्वजनिक गर्नुभएको छ।
उहाँले भन्नुभयो “देशभरबाट ‘हत्यारालाई कारबाही गर’, ‘भ्रष्टाचारीलाई कारबाही गर’ भन्ने आवाज उठ्दा ‘Gen Z लाई कारबाही गर’ सुन्ने गृह मन्त्रीको पदमा टाँसिएर बस्नु राष्ट्रप्रति अपमान हो।”
उहाँले गृहमन्त्रीप्रति गम्भीर प्रश्न उठाउँदै भनेका छन् कि दुई महिना बितिसक्दा पनि न त कुनै भ्रष्टाचार प्रकरणमा कारबाही भएको छ, न त आन्दोलनमा भएको अत्याचारमा जिम्मेवार कसैलाई जवाफदेही बनाइएको छ।
“हामी लड्यौं योग्य, इमानदार र परिणाम देखाउने नेतृत्वका लागि। हामी भ्रष्टाचार अन्त्य र राष्ट्रको भविष्य सुरक्षित गर्न उठ्यौं,” उहाँले लेख्नुभएको हो।
पोस्टमा उहाँले आफू भ्रामक समाचार र चरित्र हत्यासम्मको सामना गरेर पनि देशको हितका लागि अडिएको उल्लेख गरेका छन्। तर अहिलेको अवस्थाले अब गृहमन्त्रीबाट जनताले आशा गर्न नसक्ने स्पष्ट सन्देश दिनुभएको हो।
त्यो सन्देशको अन्त्यमा उनले चेतावनी स्वरमा लेख्नुुभएको हो, “The youths of Nepal are not stupid, we are waiting. चेतना होस्, चुनावको नाटक नचलोस्। नेपाली जनता र जिन्जीका मागहरू सम्बोधन नभए यसपालिको चुनाव हुन दिइने छैन।”
‘हामी नेपाल’का यो स्वयंसेवक उमेरले Gen Z पुस्ताका नभए पनि, Gen Z आन्दोलनपछि उदाएका युवानेताका रूपमा परिचित हुँदै आएका छन्। उनले देशको शासनप्रणाली, जवाफदेही नेतृत्व र भ्रष्टाचारविरुद्धको लडाइँलाई निरन्तर समर्थन गर्दै आउनुभएको हो।
उहाँको पोस्ट अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भइरहेको छ र धेरैले यसलाई “युवा पुस्ताको निराशा र जिम्मेवार राजनीतिप्रतिको माग” को अभिव्यक्तिका रूपमा व्याख्या गरेका छ
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...
निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?
काठमाडौँ। निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...




