बाँकेमा खाद्यले २३ गतेबाट धान किन्ने
नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगन्जस्थित कार्यालयले जिल्लामा कात्तिक २३ गते आइतबारबाट धान खरिद गर्ने जनाएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख रामशरण लामिछानेले दिनुभएको जानकारी अनुसार बाँकेमा यस वर्ष २० हजार क्विन्टल धान खरिद गर्ने कोटा केन्द्रबाट प्राप्त भएकाले आगामी आइतबारबाट दुई ठाउँबाट धान खरिद सुरु गर्ने निर्णय गरिएको बताउनुभयो ।
उहाँले कारकाँदोस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको कार्यालय र नेसनल ट्रेडिङको कार्यालयमा धान खरिद गरिने बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले एक सूचना प्रकाशित गरेर किसानहरूले धान बिक्री गर्न आउँदा ध्यान दिनुपर्ने कुराहरूको बारेमा जानकारी दिएको छ ।
उक्त जानकारीअनुसार किसानले धान ल्याउँदा पानीले नभिजेको, सफा, केलाई सुकाई फ्रेस रहेको एकै किसिमको धान ल्याउनु पर्ने, धान ल्याउँदा सम्बन्धित वडा कार्यालयको सिफारिसपत्र अनिवार्य पेस गर्नुपर्ने, धानको भुक्तानी बैँक खातामा गर्नुपर्ने भएकाले किसानको बैँक खाता प्रमाणित हुने चेक प्रतिलिपि ल्याउनुपर्ने र आफ्नो पालो आएमा मात्रै बिक्री गर्नुपर्ने बताइएको छ ।
सो सूचनामा सरकारले तोकेको मोटा धान प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा र मध्यम धान प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसामा खरिद गर्ने समेत जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
अत्याधिक सार्वजनिक बिदाले निजी क्षेत्र आजित
काठमाडौँ। आम निर्वाचनको आसपासमा करिव एक साता बिदा प(यो । सरकारले फागुन २० देखि २२ गतेसम्म तीन दिन सार्वजनिक...
निर्वाचनका लागि मतदाता गाउँ फर्किएसँगै काठमाडौं उपत्यकाका सडक सुनसान
काठमाडौँ। आसन्न निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकामा रहेका अधिकांश नागरिक आफ्नो गृहजिल्ला फर्किएपछि राजधानीका सडकहरु सुनसान बनेका छन् ।...
‘मतदान गर्न जान गाडी नपाएको नागरिकको गुनासो’
काठमाडौं। काठमाडौं उपत्यकाबाट गृहजिल्ला फर्किन खोज्ने मतदाताले मतदान गर्न घर जान खोज्दा यातायातका सवारीसाधन नपाएको गुनासो गरेका छन् ।...
उम्मेदवारको हैसियत जाँचेर मात्रै मतदान गर्न पूर्वप्रमुख निर्वाचन आयुक्त पोखरेलको आग्रह
काठमाडौँ। पूर्वप्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेलले उम्मेदवारको क्षमता र हैसियत जाँचेर मात्रै आफ्नो अमूल्य मताधिकार प्रयोग गर्न आग्रह गर्नुभएको...




