३ वर्षदेखि ए डिभिजन लिग नभएको विरोधमा खेलाडीले गरे प्रदर्शन
काठमाडौँ। अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले तीन वर्षदेखि शहीद स्मारक ‘ए’ डिभिजन लिग नगरेपछि खेलबिहीन बनेका फुटबल खेलाडीले बिहीबार एन्फा मुख्यालयमा धर्ना दिएका छन् ।
राष्ट्रिय टोलीका खेलाडीहरूले एन्फा मुख्यालयमा पुगेर धर्नासहित आन्दालन गरेका हुन् । खेलाडीहरूले एन्फाले यसवर्ष पनि ‘ए’ डिभिजन लिग गर्छु भनेर छलछाम गरेको बताएका छन् । खेलाडीहरूले विरोध स्वरूप आफुले विभिन्न समयमा पाएको मेडल समेत एन्फा गेटमा झुन्ड्याएका थिए ।
एन्फाले हालै मात्र यस वर्ष पुसमा राष्ट्रिय लिग गरेर अर्को वर्षको पुसमा मात्र शहीद स्मारक ‘ए’ डिभिजन लिग होम एन्ड अवेका आधारमा गर्ने निर्णय गरेको थियो । खेलाडीले भने पहिले लिग सकेर मात्र राष्ट्रिय लिग गर्नुपर्ने माग राखेका छन् ।
एन्फाले तत्काल यसमा ध्यान नदिए कडा आन्दोलन गर्ने पनि जनाएका छन् । फुटबल खेलाडी सङ्घका अध्यक्ष विक्रम लामाले खेलाडीहरूले दुई वर्षअघि देखि पटक पटक लिग गर्न एन्फालाई विज्ञप्ती र छलफलमार्फत आग्रह गर्दे आए पनि नसुनेको बताउनुभयो । लिग नहुँदा खेलाडी वेरोजगार भएको र विभिन्न देशमा पलायन हुनु परेको पनि लामाले बताउनुभयो ।
खेलाडीको आन्दोलनपछि एन्फा मुख्यालय सात दोबाटोमा बिहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ । खेलाडीले एन्फाका पदाधिकारीलाई भेड्न चाहेपछि प्रहरीले एन्फा भित्र पस्न दिएको थिएन ।
एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ, महासचिव किरण राईलगायत पदाधिकारी काठमाडौँ बाहिर रहेको भन्दै प्रवक्ता सुरेश शाहले खेलाडीलाई थामपुर पार्ने प्रयत्न गर्नुभएको थियो । खेलाडीको धर्ना र आन्दोलनलाई पूर्व खेलाडी, प्रशिक्षक, जेनजी युवालगायतले साथ दिएका छन् ।
एन्फाले पछिल्लो पटक २०७९ सालमा ‘ए’ डिभिलन लिग गरेको थियो । एन्फाको आन्तरिक राजनीतिका कारण ‘ए’, ‘बी’ र ‘सी’ डिभिजन लिग नियमित हुन सकेको छैन ।
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




