राजनीति

समाजवादीले बुधबार नै गरेको थियो घनश्याम र झाँक्रीसहितका नेतालाई कारबाही

काठमाडौं । नेकपा माओवादीसहित १० वाम दलबीच एकता घोषणाकै दिन माधव नेपालले महासचिव घनश्याम भुसालसहित ६ नेतालाई कारबाही गर्नुभएको छ।

हिजो एकता घोषणाअघि सचिवालय बैठक राखेर ६ जनालाई पार्टी सदस्य समेत नरहनेगरी कारवाही गरेको जनाउनुभएको छ।

कारबाहीमा पर्नेमा महासचिव भुसालसहित रामकुमारी झाँक्री, दामोदर अर्याल, नन्दलाल बञ्जाडे, धर्मराज निरौला र किसान श्रेष्ठ रहनुभएको छ।

कारबाहीमा परेका व्यक्तिहरुले पार्टीको नाम र पदको दुरुपयोग गरेर कुनै गतिविधि गरे थप कारबाही गर्ने चेतावनी समेत दिनुभएको छ। यद्यपि, भुसालले भने पार्टी पुनर्गठन गर्ने घोषणा गर्ने मंसिर पहिलो साता बस्नेगरी राष्ट्रिय भेला बोलााउनुुभएको छ।

कारवाहीको पत्र विहीवार सार्वजनिक भए पनि मिति भने बुधवार अर्थात कात्तिक १९ कै राखिएको छ । यद्यपी यो कारवाहीको पत्र अहिले केहीबेर अघिमात्र नेकपा एसको साबिक मेसेन्जर ग्रुपमा हालिएको हो ।

 

सम्बन्धित समाचार

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

धनुषा १ बाट सर्वाधिक मत ल्याएका किशोरी शाहको नाम कालोसूचीमा नराख्न आदेश

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा धनुषा-१ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहलाई कालोसूचीमा नराख्न सर्वोच्च अदालतले आदेश दिएको...