खेलकुद

हङकङ सिक्सेस : दक्षिण अफ्रिकासँग पराजित भएसँगै बाहिरियो नेपाल

काठमाडौँ। हङकङ सिक्सेसमा नेपाल दोस्रो खेलमा पनि पराजित भएको छ। शनिबार बिहान दक्षिण अफ्रिकाविरूद्धको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो। नेपालले दिएको ५९ रनको लक्ष्य दक्षिण अफ्रिकाले ३.४ ओभरमै पूरा गर्‍यो।

दक्षिण अफ्रिकाका ब्लेक सिम्प्सनले नट आउट ३० रन बनाए। उनले ९ बलमा २ चौका र ३ छक्का हाने। ओपनर जोरिच भ्यान साल्कवेकले १७, अबदुल्लाह बेयोमीले १६ रन जोड्दा कप्तान जोर्डन मोरिस शून्यमै आउट भएका थिए।

बलिङतर्फ नेपालका लोकेश बमले २ विकेट लिए। पहिले ब्याटिङ गरेको नेपाल ३।३ ओभरमै अल आउट हुँदै ५८ रन जोडेको थियो। नेपालका लागि रसिद खानले १६ रन बनाए। लोकेश बमले १४, मोहम्मद आदिल आलमले १३, रूपेस सिंहले ७ र कप्तान सन्दीप जोराले ६ रन बनाउँदा बसिर अहमद शून्यमा आउट भए।

बलिङतर्फ दक्षिण अफ्रिकाका अब्दुल्लाह बेयोमी, ब्लेक सिम्प्सन र जोरिच भ्यान साल्कवेकले २र२ विकेट लिए। नेपाल समूह चरणको दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। शुक्रबार नेपाल अफगानिस्तानसँग १७ रनले पराजित भएको थियो। नेपालको समूहबाट अफगानिस्तान र दक्षिण अफ्रिका क्वार्टरफाइनल पुगेको छ।

प्रत्येक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनल पुग्नेछन्। नेपाल, अफगानिस्तान र दक्षिण अफ्रिका समूह ‘ए’मा छ। समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र यूएई छन्। समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन्।

सम्बन्धित समाचार

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक

काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना

काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच

काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...