लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु
लमजुङ । लमजुङमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार राति मर्स्याङ्दी गाउँपालिका ३ खुदिबाट सोही पालिका ६ नाइचेमा हिडिखोला हाइड्रोपावरको लागि सिमेन्ट लिएर जाँदै गरेको बा८च ३७३१ नम्बरको बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।
मृत्यु हुनेमा सो जिप चालक दोलखा मेलुङ ४ का ३० वर्षीय विनोद खड्का र २५ वर्षीय पारस खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीले बताए । जिप अनयन्त्रित भएर सडकबाट ८०० मिटर तल खस्दा गम्भीर घाइते भएपछि प्रहरीले उनीहरूको उद्धार गरेको थियो ।
घाइतेहरूलाई बेँसीसहर नगरपालिका–८ स्थित प्रदेश अस्पताल बेँसीसहर लमजुङमा उपचारको लागि ल्याए पनि उपचारको क्रममा मृत्यु भएको उनको भनाइ छ । त्यस्तै सोही जिपमा सवार ताप्लेजुङ सिदीङ्वा गाउँपालिका ४ का २० वर्षीय उमेश लिम्बू भने सकुसल रहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
पृथ्वी राजमार्गमा डेढ घण्टादेखि ट्राफिक जाम
काठमाडौँ। धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरीदेखि कुरिनटारसम्मको सडक खण्डमा मंगलबार डेढ घण्टादेखि ट्राफिक जाम भएको छ। एउटा ट्रक बिग्रिएपछि सडक...
न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता
काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...
डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु
डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी...
कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन
धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर...




