राजनीति

विश्वासको मत नपाउने देखेपछि मधेशका मुख्यमन्त्रीबाट सोनलको राजीनामा

काठमाडौँ। मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले राजीनामा दिनुभएको छ। विश्वासको मत पाउन सक्ने अवस्था उत्पन्न भएपछि सोनलले मुख्यमन्त्री पदबाट राजीनामा दिनुभएको हो।

विश्वासको मत लिने प्रयोजनका लागि शनिबार बोलाइएको प्रदेशसभा बैठकमा सम्बोधन गर्दै सोनलले राजीनामा दिएको घोषणा गर्नुभयो। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद सोनल जसपा नेपाल, जनमत पार्टी, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसहित पाँच दलको समर्थनमा २९ असोजमा मुख्यमन्त्री नियुक्त हुनुभएको थियो।

उहाँले शनिबार विश्वासको मत लिने प्रयोजनका लागि गत बिहीबार प्रदेशसभा बैठक बोलाउन प्रदेशसभा सचिवालयलाई पत्राचार गर्नुभएको हो।

मुख्यमन्त्री नियुक्त गर्न समर्थन जनाएका दलकै सांसदहरूले ‘विद्रोह’ गरेपछि विश्वासको मत प्राप्त गर्न सोनललाई संकट परेको हो। शनिबार बसेको बैठकमा माओवादी केन्द्रका रहबर अन्सारी र माला कर्णले दलहरूले हैसियत गुमाइसकेको भन्दै मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताउनुभएको थियो।

विश्वासको मत पाउने आधार नदेखेपछि मुख्यमन्त्री सोनलसहित जनमत पार्टीबाट मन्त्री बनेका महेशप्रसाद यादव र नेकपा एकीकृत समाजवादीका कनिश पटेल बैठक कक्षबाट बाहिरिनुभएको थियो। सरकारका प्रतिनिधि बैठकमा उपस्थित नभएको भन्दै सत्तापक्षकै सांसदहरू नियमापत्ति जनाउनुभएको थियो।

त्यसपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गर्नुभएको थियो। १० मिनेटका लागि भनिए पनि एक घन्टापछि अर्को बैठक बसेको थियो।

सोनलले प्रदेशसभा कक्षको अवस्था देखेर पदबाट राजीनामा दिएको बताए। उनले सरकारका प्रतिनिधिको अनुपस्थितिमै सभामुखले जबरजस्ती बैठक सञ्चालन गर्न खोजेको आरोप लगाए।

सरकारलाई समर्थन जनाएको माओवादी केन्द्रका रहबर अन्सारी र माला कर्णले विद्रोह गर्दै विश्वासको मत नदिने बताएका थिए। माओवादी केन्द्रका दुई सांसदले सभाबाटै विद्रोह गरेपछि मुख्यमन्त्री सोनललाई विश्वासको मत प्राप्त गर्न सकस भएको हो।

त्यस्तै जनमत पार्टीले सोनलाई समर्थन जनाए पनि निवर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह र त्रिभुवन साह प्रदेशसभामा उपस्थित थिएनन्। उनीहरूले जनमतबाट विभाजन भएर बनेको जनस्वराज पार्टीको पक्षमा सनाखत गरेका छन्।

चार जना सांसदले विश्वासको मत नदिने भएपछि सोनलाई बहुमत संख्या पुर्‍याउन संकट उत्पन्न भएको छ।

सत्ता गठबन्धनमध्येको लोसपासँग ८, जसपा नेपालको १८, जनमतको ११ (सतिश सिंह र त्रिभुवन साहबाहेक), नेकपा माओवादी केन्द्रको ९ र एकीकृत समाजवादीको ७ सिट छ। १०७ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउन ५४ मत आवश्यक हुन्छ।

सम्बन्धित समाचार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

निर्वाचन आयोगले गर्यो दलहरूलाई समानुपातिक मत बाँडफाँड, कुन दललाई कति सिट?

काठमाडौँ।  निर्वाचन आयोगले फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम घोषणा गरेको छ। समानुपातिकतर्फ सबैभन्दा ठूलो दल रास्वपा...