नेपाल टेलिकमले सुरू गर्यो फाइबर विद्यार्थी अफर
काठमाडौं।नेपाल टेलिकमले आजदेखि फाइबर विद्यार्थी अफर सुरु गरेको छ। यस अफरअन्तर्गत विद्यार्थीहरूले वार्षिक रु. ४,९९९ मा वार्षिक डेटा सेवा प्राप्त गर्न सक्नेछन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले यो कदम विशेष गरी जेनजी लाई ध्यानमा राखेर अगाडि ल्याइएको हो।
मन्त्री खरेलले नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा पुगेर जनतालाई गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिनुभएको छ।
मन्त्री खरेलले भन्नुभयो, “हाम्रो लक्ष्य टेलिकमको सेवा केवल शहरमा सीमित नहोस्। दुरदराजका बस्तीहरूमा पनि फाइबर र टेलिफोन सेवा पुर्याउने प्रयास जारी रहनेछ।”
साथै, मन्त्री खरेलले जनतालाई गुणस्तरीय सेवा नदिने वा ढिलाइ गर्ने ठेकेदारहरूको सम्झौता तत्काल रद्द गर्न निर्देशन पनि दिनुभएको छ।
नेपाल टेलिकमले यस कदमबाट विद्यार्थी र ग्रामीण क्षेत्रमा डिजिटल पहुँच बढाउने प्रयासलाई तीव्रता दिने अपेक्षा गरिएको छ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
डकुमेन्ट भेरिफिकेसन र भिसा प्रक्रिया सहज हुँदा कोरिया अध्ययन गर्न जाने विद्यार्थी खुसी
-
२.
सेनाले प्रहरीलाई फिर्ता गर्ने शर्तमा दिने भो ३ हजार हतियार
-
३.
प्रचण्डसँग ओलीले चुनावी सहकार्य गर्ने कुरा मिथ्या हो : झाँक्री
-
४.
लोकसेवाका नक्कली १२ परीक्षार्थी नियन्त्रणमा
-
५.
विदेशी मुद्राको सञ्चिति निरन्तर बढ्दो
सम्बन्धित समाचार
आज पनि घट्यो सुन
काठमाडौं। बिहीबार तोलामा नौहजार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि घटेको छ। सुनको मूल्य आज तोलामा चार हजार...
कति छ मुद्राको मूल्य?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी...
अर्थमन्त्री खनालद्वारा चार जिल्लाको निर्वाचन तयारी अनुगमन, स्वच्छ तवरले निर्वाचन गर्न निर्देशन
काठमाडौँ। आगामी फागुण २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्था बुझ्न...
नेपाल टेलिकम राज्यको डिजिटल मेरुदण्ड होः गृहमन्त्री अर्याल
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको डिजिटल मेरुदण्ड रहेको बताउनुभएको छ । बिहीवार...




