डुम्रे–बेसीशहर–चामे सडक बन्द
तनहुँ। डुम्रे–बेसीशहर–चामे सडक योजनाअन्तर्गत पर्ने भानु नगरपालिकाको चाम्बासदेखि तुरतुरेसम्मको सडकखण्ड अस्थायी रूपमा बन्द हुने भएको छ ।
सो सडक क्षेत्रमा रोडवे एक्स्काभेसन कार्य भइरहेको र सो क्रममा सवारी आवागमनका क्रममा दुर्घटना हुने जोखिम देखिएकाले जिल्ला प्रशासन कार्यालय तनहुँले अस्थायी रूपमा सडक बन्द गर्ने निर्णय गरेको हो ।
जिल्ला प्रशासन कार्यालयले आइतबार सार्वजनिक गरेको सूचनामा निर्माण कार्य सहज र सुरक्षित ढङ्गले सम्पन्न गर्न कात्तिक २४ गतेदेखि मङ्सिर ५ गतेसम्म सडक अवरुद्ध गरिने उल्लेख गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत विकास श्रेष्ठद्वारा हस्ताक्षरित सूचनामा सडक अवरुद्ध रहने अवधिमा बिहान र दिउँसो गरी तोकिएको समयमा मात्र सवारी सञ्चालनमा रोक लगाइने निर्णय भएको छ ।
बिहान ६ बजे देखि ९ बजेसम्म, बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म दिउँसो २ बजेदेखि ४ बजेसम्म बन्द हुने सूचनामा उल्लेख छ । सडक बन्द रहने अवधिमा यात्रु तथा सवारी साधनहरूका लागि तुरतुरे पालुङटार–खत्रीटार हुँदै बिमलनगरको मार्ग वैकल्पिक बाटोका रूपमा प्रयोग गर्न सकिने जनाइएको छ ।
निर्माण कार्यका क्रममा हुन सक्ने असुविधा र दुर्घटना जोखिम न्यूनीकरणका लागि सबैको सहयोग आवश्यक रहेको सूचनामा उल्लेख छ । सडक निर्माण कार्यलाई सहज बनाउन सर्वसाधारण, स्थानीय निकाय र सरोकारवाला निकायहरूप्रति सहकार्यको अपेक्षा गरिएको सूचनामा जनाइएको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
सम्बन्धित समाचार
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...




