राजनीति

काँग्रेसलाई पूर्वराष्ट्रपति यादवको आग्रहः तत्काल निर्वाचनमा जाने निर्णय गरियोस्

काठमाडौं। पूर्वराष्ट्रपति डा. रामवरण यादवले मुलुकमा निर्वाचनको वातावरण बनाउन राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले राजनीतिक दलहरुले अलमल नगरी निर्वाचनको माहौल बनाउने काममा लाग्नुपर्ने बताउनु भएको हो ।

पूर्वराष्ट्रपति यादवले निर्वाचनमा जाने औपचारिक निर्णय गर्न ढिलाई नगर्न पनि काँग्रेसलाई सचेत गराउनु भयो । काँग्रेसले अलमल नगरी तत्काल निर्वाचनमा जाने निर्णय लिए मुलुकमा निर्वाचनको माहौल सृजना हुने उहाँको बुझाई थियो ।

पूर्वराष्ट्रपति यादवले मुलुक जेन—जी पुस्ताले पनि यही संविधान मानेर अघि बढ्छु भनेकाले निर्वाचनमा जानका लागि कुनै समस्या नभएको जिकिर समेत गर्नुभयो ।

उहाँले भन्नुभयो,‘पोलिटिकल पार्टीहरुले अव निर्वाचनलाई सम्पन्न गर्न सहयोग गर्नुपर्छ । चुनावको माहौला पोलिटिकल पार्टीहरुले अलमल नगरी चुननवको माहौल बनाएर जानुपर्छ । यो काँग्रेस लिडिङ पार्टी हो । अहिले काँग्रेस के डिसाईड गर्छ ? काँग्रेसले जुन दिन डिसाईड गरेर अघि बढ्छ, त्यो दिन मुलुक चुनावमा जान्छ । त्यो दिन देशभर चुनावमय हुन्छ । र चुनाव सफल हुन्छ । त्यसका लागि तपाईहरुले चाँडै डिसाईड गर्नुस् । अब अलमलमा नबस्नुस् । अरु पार्टीहरु जेनजी भाईबहिनीहरुलाई जसले यही संविधानलाई टेकेर अघि बढनुपर्छ भनेका छन् । आफूमा छलफल गर्नुस् ।’

पूर्वराष्ट्रपति यादवले आफूले प्रधानमन्त्री सुशीला कार्कीलाई पनि निर्वाचनको वातावरण बनाउन ध्यानाकर्षण गराएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...

रवि चुडाल नियन्त्रणमा

काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...