समाचार

दिल्लीमा कार बम विस्फोटपछि यहाँस्थित नेपाल-भारत नाकामा सुरक्षामा कडाइ

नेपालगन्ज। भारतको दिल्लीमा भएको कार बम विस्फोटपछि यहाँस्थित नेपाल भारत नाकामा भारतीय सुरक्षा निकायले हाइ अलर्ट जारी गर्दै चेकजाँचमा अत्यधिक कडाइ गरेको छ।

यहाँस्थित जमुनाहा नाकाबाट आवागमन गर्ने हरेक नेपाली र भारतीय नागरिकसँग सोधपुछ गरेर उनिहरुको परिचयपत्र हेरेर मात्रै आवागमन गर्न दिइएको भारतीय सुरक्षा निकाय सशस्त्र सीमा बलले जनाएको छ।

नाकाबाट आवागमन गर्ने सवारी साधनहरुमाथि पनि कडा निगरानी राखिएको र तालिम प्राप्त कुकुरहरुबाट चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सशस्त्र सीमा बल एसएसबीका कमान्डेन्ट गंगासिंह उदावतले बताउनुभयो ।

उहाँले नेपाल भारतको नेपालगन्ज नाका पनि निकै संवेदनशील मानिएकाले यो नाकामा चेकजाँच बढाउनुका साथै प्रहरी र एसएसबीको टोलीले निरन्तर ग्रामीण क्षेत्रहरुमा समेत गस्ती गरिरहेको बताउनुभयो ।

यो नाकामा आवागमन गर्ने हरेक व्यक्तिसँग विस्तृत सोधपुछ गर्नुका साथै कडा चेकजाँच गरेर मात्रै आवागमन गर्न दिइएको सीमापारि भारतीय रुपैडिहा प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक रमेश सिंहले बताउनुभयो ।

उहाँले केन्द्रबाट नै सीमा नाका र आवागमन गर्ने हरेकमाथि कडाइ तथा निगरानी गर्ने निर्देशन आएकाले सोही बमोजिम गस्ती र पेट्रोलिङ बढाइएको बताउनुभयो ।

भारतको राजधानी दिल्लीको लालकिल्ला अगाडि भएको कार बम विस्फोटमा १३ जनाको मृत्यु हुनुका साथै ४० जनाभन्दा बढी घाइते भएका थिए । सोही घटनापछि भारतले आफ्नो देशसँग सिमाना जोडिएका सबै नाकामा हाइ अलर्ट र कडाइ सुरु गरेको जनाएको छ ।

सम्बन्धित समाचार

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता

न्यायपालिकामा महिला हुनु ‘समाचार’ होइन : महान्यायाधिवक्ता

काठमाडौँ। महान्यायाधिवक्ता सविता भण्डारीले न्याय सेवामा महिलाको उपस्थिति अब ‘समाचार’ नभइ ‘सामान्य वास्तविकता’ बन्नुपर्ने बताउनुभएको छ। सर्वोच्च अदालतद्वारा अन्तर्राष्ट्रिय...

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

डोटीमा माटोको ढिस्कोमा पुरिएर किशोरीको मृत्यु

डोटी । डोटीमा एक किशोरीको माटोको ढिस्कोमा पुरिएर एक जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय, डोटीले दिएको जानकारी...

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

कैलालीमा प्रहरी जवानको मृत्यु, छानबिन समिति गठन

धनगढी। कैलालीमा एक प्रहरी जवानको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय टीकापुरमा कार्यरत प्रहरी जवान ३० वर्षीय सन्देशबहादुर...

पोखराको जुवा खालबाट ५ जना पक्राउ

पोखराको जुवा खालबाट ५ जना पक्राउ

कास्की । पोखरा महानगरपालिका वडा नं. १९ अकलादेवीस्थित एक स्थानमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई रङ्गेहात पक्राउ गरेको...