भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाल कर्णाली याक्समा
काठमाडौँ । भारतीय क्रिकेटर प्रियाङ्क किरित पन्चाललाई नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो सिजनका लागि कर्णाली याक्स स्पोर्ट्स प्रालिले अनुबन्ध गरेको छ ।
प्रियाङ्क कर्णालीमा अनुबन्ध हुने चौथो विदेशी खेलाडी हुनुहुन्छ । यसअघि कर्णालीले अस्ट्रेलियाका विलियम बोसिस्टोसँग सम्झौता नवीकरण गरेको थियो ।
यस्तै कर्णलीले मार्क वाट र म्याक्स ओ’डाउडलाई यसअघि अनुबन्ध गरिसकेको छ । ३५ वर्षीय ओपनर ब्याट्सम्यान प्रियाङ्कले पछिल्लो पटक भारतीय टोलीबाट हङकङ सुपर सिक्सेस खेल्नुभएको थियो ।
उहाँले गुजरातबाट रणजी ट्रफी खेल्दै आउनुभएको छ । उहाँले ५९ टी–२० मा नौ अर्धसतकसहित एक हजार ५२२ रन बनाउनुभएको छ ।
कर्णाली याक्सको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र मार्की खेलाडीमा सोमपाल कामी हुनुहुन्छ । आठ टोलीको सहभागिता रहने एनपिएल मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




