कांग्रेस केन्द्रीय समिति बैठकमा होहल्ला : सहमहामन्त्री मन्सुरलाई दोहोर्याएर बोल्न दिँदा विवाद
काठमाडौँ। नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार होहल्ला भएको छ। सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई दोहोर्याएर बोल्न दिइएपछि बैठक केही समय अवरुद्ध बनेको हो।
कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सहमहामन्त्री उमाकान्त चौधरीपछि मन्सुरलाई बोल्न अनुमति दिएका थिए।
मन्सुर बोल्न लाग्नेबित्तिकै केही सदस्यहरूले आपत्ति जनाउँदै होहल्ला गरेका थिए। बैठकमा सहभागी एक पदाधिकारीका अनुसार, मन्सुरले यसअघि नै कात्तिक १९ गते बसेको केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राखिसकेका थिए। त्यसैले फेरि उनलाई बोल्न दिने निर्णयप्रति केही नेताहरू असन्तुष्ट बनेका हुन्।
१४औँ महाधिवेशनमा सभापति शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्री निर्वाचित मन्सुर हाल पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले उठाएको एजेन्डाको समर्थन गर्दै आएका छन्। सोही एजेन्डालाई दोहोर्याउन खोजिएको भन्दै संस्थापन पक्षका सदस्यहरूले विरोध जनाएका थिए।
होहल्लाबीच पनि मन्सुरले आफ्नो धारणा राख्न भने सफल भएका थिए। उनले पार्टीभित्रको वर्तमान संकट समाधानका लागि विशेष महाधिवेशनको विकल्प नभएको तर्क गर्दै संगठन पुनर्गठनमा स्पष्ट निर्णय लिन नेतृत्वलाई आग्रह गरेका थिए।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार
-
२.
सुनसरी १ मै कमजोर देखिए हर्क साम्पाङ, रास्वपा पहिलो
-
३.
कसरी हुन्छ समानुपातिकको सिट बाँडफाँड ?
-
४.
बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?
-
५.
वायु प्रदुषण बढ्योः अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्य मन्त्रालयको आग्रह
सम्बन्धित समाचार
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...
रवि चुडाल नियन्त्रणमा
काठमाडौँ । मतदातालाई गालीगलौज गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । झापा–५ स्थित दमकका मतदातालाई गालीगलौज गरेको...




