बाँकेका किसानबाट खाद्यले किन्यो १८ सय क्विन्टल धान
नेपालगन्ज । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले हालसम्म बाँकेका किसानहरुबाट १८ सय क्विन्टल धान खरिद गरेको छ ।
कात्तिक २३ गतेबाट धान खरिद सुरु गरेको कम्पनीले हालसम्म १४ सय क्विन्टल मध्यम र चार सय क्विन्टल मोटो धान गरेर १८ सय क्विन्टल धान खरिद गरिसकेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बताउनुभयो ।
प्रमुख लामिछानेका अनुसार बाँकेका लागि तोकिएको कोटामा मध्यम धान पाँच हजार क्विन्टल र मोटो धान १५ हजार क्विन्टल खरिद गर्नुपर्नेमा बिक्रीका लागि अधिकांश मध्यम धान नै आइरहेको छ भने मोटो धान निकै कम बिक्रीका लागि किसानले ल्याएका छन् ।
जिल्लामा मध्यम धान बढी उत्पादन हुने भएकाले मध्यम धान बिक्रीका लागि धेरै आउने गरेको जनाइएको छ । हालसम्म करिब ५० जना किसानको धान खरिद गरिसकिएको पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले जनाएको छ ।
यस वर्ष जिल्लामा धान उत्पादन विगतको तुलनामा बढी भएकाले खाद्य व्यवस्था कम्पनीले कोटा पनि बढाउनुपर्नेमा झन् गत वर्षभन्दा पनि आधा कोटा निर्धारण गरेर पठाएको जनाउँदै स्थानीय किसानले आक्रोश व्यक्त गरेका छन् ।
बाँके डुडुवा २ का राम मौर्यले यस पटक धान राम्रो उत्पादन भएकाले मूल्य पनि राम्रो पाइएला भन्ने आशमा आफूहरु रहे पनि खाद्यले निकै कम धान खरिद गर्दा समस्यामा परेको बताउनुभयो ।
उहाँले बजारमा व्यापारीहरुले सरकारले तोकेको मूल्यभन्दा करिब एक हजार रुपियाँ कम प्रति क्विन्टल धान खरिद गरिरहेकाले किसानलाई निकै समस्या भएको गुनासो गर्नुभयो ।
उता, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले एकजना किसानसँग ४० क्विन्टल मात्रै धान खरिद गरिरहेकोमा पनि केही किसानले आपत्ति प्रकट गरेका छन् । बाँके नौबस्ताका किसान हरेराम थारुले खाद्यले ४० क्विन्टल मात्र खरिद गरिरहेकाले बाँकी अरु सबै धान सस्तोमै व्यापारीलाई बिक्री गर्नुपर्ने बाध्यता सुनाउनुभयो ।
सरकारले आर्थिक वर्ष २०८२÷८३ का लागि मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपियाँ ८१ पैसा तोकेको छ भने मध्यम धानको मूल्य प्रतिक्विन्टल तीन हजार ६२८ रुपियाँ ३३ पैसा तोकेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
-
५.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
सम्बन्धित समाचार
कति छ विदेशी मुद्राको विनिमय दर?
काठमाडौंः। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदरअनुसार अधिकांश विदेशी मुद्राको भाउ ओरालो...
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...




