राजनीति

विघटित एकीकृत समाजवादी जिल्ला कमिटी धनकुटा एमालेमा समाहित

काठमाडौं। विघटित नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटाकाे जिल्ला कमिटी नै नेकपा एमालेमा फर्किएको छ।

शुक्रबार बसेको जिल्ला कमिटी बैठकले नयाँ रूपमा गठन गर्ने भनिएको पार्टी निर्माण प्रक्रियामा सहभागी नहुने र नेपाल कम्युनिष्ट पार्टीको मूल प्रवाह मानिएको नेकपा एमालेमा नै पूर्ण रूपमा समाहित हुने निर्णय गरेको छ ।

पार्टीका अध्यक्ष अर्जुन राई, उपाध्यक्ष खगेन्द्र सुवेदी र सचिव जेबी राईद्वारा जारी संयुक्त विज्ञप्तिमा जेनेजी आन्दोलनपश्चात् उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति, त्यसपछि विकसित भएका घटनाक्रम, त्यसले ल्याएको चुनौती तथा नेपाली जनताको परिवर्तन र समृद्धिको आकाङ्क्षा पूरा गर्न सक्षम, जिम्मेवार र जनउत्तरदायी राजनीतिक शक्तिको आवश्यकता महसुस भएकाले नेकपा एमालेमा समाहित हुने निर्णय गरिएको स्पष्ट पारिएको छ ।

‘तत्कालीन नेकपा (माओवादी) र हाम्रो पार्टी लगायत विभिन्न राजनीतिक दलहरूका बिचमा एकता भई नयाँ पार्टी गठन भए पश्चात् उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा बैठकमा गम्भीर छलफल भएको छ, छलफल पश्चात् विभिन्न वस्तुगत परिस्थितिहरूलाई समेत मध्यनजर गर्दै नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी धनकुटा नयाँ गठन भएको पार्टी निर्माणको पक्षमा सामेल नभई नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) मा पूर्ण रूपले समाहित हुने निर्णय गरिएको ब्यहोरा सम्पूर्णमा जानकारीको लागि अनुरोध छ’, बैठक पछि जारी विज्ञप्तिमा उल्लेख छ ।

पार्टीले जिल्लका सबै नेता, कार्यकर्ता तथा जनसङ्गठनलाई समेत एमालेमा समायोजन हुन आग्रह गरेको छ । ‘जेनजी आन्दोलन पश्चात् उत्पन्न राष्ट्रिय राजनीतिक परिस्थिति र विकसित राष्ट्रिय राजनीतिक घटनाक्रम यसबाट सिर्जित चुनौतीहरू र नेपाली जनताको परिवर्तन एवम् सम्वृद्धिको आकाङ्क्षा पुरा गर्न जिम्मेवार, सशक्त र जनउत्तरदायी राष्ट्रिय राजनीतिक शक्तिको आवश्यकता महसुस गर्दै नेकपा (एमाले) मा समाहित हुन हाम्रो पार्टी सम्बद्ध सम्पूर्ण नेता, कार्यकर्ता, जनवर्गीय संगठनका पदाधिकारीहरू, समर्थक, शुभचिन्तक आम धनकुटेली दाजुभाइ दिदीबहिनीहरूमा यसै विज्ञप्ति मार्फत सादर अपिल समेत गर्दछौँ’, विज्ञप्तिमा लेखिएको छ ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...