राजनीति

नेपाली कम्युनिस्ट पार्टीलाई निर्वाचन आयोगले दियो दलको मान्यता

काठमाडौँ। निर्वाचन आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई दल दर्ताको मान्यता दिएको छ ।

आयोगले नेपाली कम्युनिस्ट पार्टीलाई शुक्रबार राजनीतिक दल दर्ताको प्रमाणपत्र दिएको हो ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १० बमोजिम विभिन्न राजनीतिक दलहरू एकीकरण भएर बनेको उक्त पार्टीलाई आजको निर्णय अनुसार दल दर्ताको प्रमाणपत्र दिइएको आयोगले जनाएको छ।

विभिन्न १० वाम दल र समूह मिलेर बनेको पार्टीले एकता घोषणाको भोलिपल्ट २० कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो ।

साविकका नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका दलहरूले एकतापछि नेपाली कम्युनिस्ट पार्टी बनाएका थिए। पार्टीको चुनाव चिह्न पाँचकुने तारा राखिएको छ ।

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...