राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुँदैनः डा. प्रकाशचन्द्र लोहनी
काठमाडौँ। पूर्वअर्थमन्त्री डा. प्रकाशचन्द्र लोहनीले राजनीति कमजोर हुँदा अर्थतन्त्र सबल हुन नसक्ने बताउनुभएको छ । अर्थतन्त्रको अवस्थाबारे आयोजित छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारसँग पैसा छैन भन्ने तर भएको पैसा पनि उपयोग हुन नसक्ने स्थिति राम्रो नभएको बताउनुभयो।
उहाँले निजी क्षेत्रको मनोबल उकास्न बैंकको ब्याजदर घटाउँदै लगेपनि लगानी आकर्षित नहुने चिन्ताको विषय भएको बताउनुभयो। उहाँले बैंकको इन्ट्रेस्ट रेट वान डिजिटमै आइसकेपनि अझै बढी भइरहेको गुनासो आउने गरेको बताउनुभयो। नेपालको अर्थतन्त्रको मोडल रेमिट्यान्समै आधारित रहेपनि प्रयोग हुन नसकेको बताउनुभयो। नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने भन्ने चुनौति रहेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘नेपाल सरकारसँग पैसा छैन भन्ने गरिन्छ । तर भएका पैसा पनि खर्च हुँदैन । पैसा छैन भने कटौति गरिरहेका छौँ । गर्नुपर्ने कुरा पनि हो । तर जति छ त्यो पनि खर्च हुँदैन । प्राइभेट क्षेत्रलाई पुष गर्नुप¥यो भन्दा इन्ट्रेस्ट घटाउनु सबैभन्दा ठूलो कुरा हो । संसारमा अलिकति इन्ट्रेस्ट घटबढले गर्दा कति निजी लगानी असर गर्दछ । इन्ट्रेस्ट वान डिजिटमै आइसक्यो । तर बढी भइरहेको छ । युज भएको छैन । साधन छ पनि साधन छैन पनि । यो एक दिनमा आएको पनि होइन । हाम्रो इकोनोमिक मोडल रेमिट्यान्समै भएपनि हामीले त्यसलाई युज गर्न सकेनौँ । एक्सपोर्टमा लगाएनौँ । अहिलेको यो स्थितिमा आइपुग्यौँ । नेपाल सरकारको पैसालाई कसरी उपयोग गर्ने यो चुनौति छ । कस्तो लिक्विडिटी ट्रयापमा परेको हो नेपाल? जति ब्याज घटाए पनि मान्छे नआउने? त्यो वातावरण बनाइदिने राजनीतिले हो । राजनीतिक तह कमजोर भएपछि अर्थतन्त्रले मात्रै काम गर्दैन ।’
पूर्वअर्थमन्त्री डा। लोहनीले अहिलेको परिस्थितिमा कमजोर हुनु नै संकटको घडी भएको जिकिर गर्नुभयो । राष्ट्रबैंकमा अहिलेसम्म नेपालीहरुको धेरै विश्वास रहेको र राष्ट्रबैंक धरै राजनीतिकरण नभएको संस्था भएको बताउनु भयो । —न्युज एजेन्सी नेपाल
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




