एनपिएलको तयारी अन्तिम चरणमा : ४० करोड आम्दानीको प्रक्षेपण आम्दानी
काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को तयारी अन्तिम चरणमा पुगेको छ ।
त्रिवि मैदानमा सोमबारदेखि सुरु हुने एनपिएलको प्राविधिकलगायत सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको शनिबार आयोजित पत्रकार सम्मेलनमा नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले बताउनुभयो ।
एनपिएलको पहिलो संस्करणको उत्साहबाट दोस्रो संस्करणलाई थप भब्य बनाउने योजना रहेको क्यानका अध्यक्ष चतुबहादुर चन्दले बताउनुभयो ।
‘‘एनपिएललाई नेपाली खेलकुदको उद्योगको रुपमा विकास गर्न चाहन्छौँ । नेपाली क्रिकेटलाई विश्व खेलकुदसँग गास्ने काम यसले गरेको छ । यसको सफलताका लागि क्यानलाई सबैको साथ आवश्यक छ,’’ अध्यक्ष चन्दले भन्नुभयो ।
सचिव खड्काले पहिलो पटक एनपिएलका खेलहरु फ्लडलाइटमा सञ्चालन गर्न लागिएकोले दर्शकलाई नयाँ स्वाद हुने बताए । क्यानले यस पटक दैनिक नौ हजार चार सय ५० टिकट बिक्री गर्ने जनाएको छ।
दर्शक शुल्क पाँच सयदेखि दुई हजारसम्म तय गरिएको छ । उद्घाटन खेलको सम्पूर्ण टिकट बिक्री भइसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाजबिच त्रिवि क्रिकेट रङ्गशालामा अपरान्ह ४:०० बजे भिड्नेछन् ।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपियाँ राखिएको छ । यसैगरी लिग चरण र अन्य दिनको खेलका लागि पाँच सय र एक हजार रुपियाँ राखिएको छ ।
यस्तै प्लेअफ देखिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपियाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मुल्य १५ हजार रुपियाँ तय गरेको छ ।
४० करोड आम्दानीको प्रक्षेपण
क्यानले दोस्रो संस्करणको एनपिएलबाट ४० करोड रुपियाँ आम्दानी गर्ने लक्ष्य राखेको छ । क्यानका कोषाध्यक्ष पदम खड्काले यस पटकको एनपिएलबाट क्यानले ४० करोड रुपियाँ आम्दानी गर्ने प्रक्षेपण गरेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘‘यस सिजन क्यानले टिकट बिक्री, ब्रोडकाष्टिङ, प्रायोजन, टिमको दर्ता शुल्क लगायत शीर्षकबाट ४० करोड आम्दानी गर्नेछ । जुन १५ करोड ३० लाख प्रायोजकबाट, नौ करोड सहभागीबाट, पाँच करोड ३० लाख ओटिटीबाट, १२ करोड टिकट बाट र एक करोड स्थानीय प्रसारण अधिकारबाट आम्दानी हुनेछ ।’’
मङ्सिर १ देखि २७ गतेसम्म सञ्चालन हुने एनपिएलका लागि सुरक्षाको हिसावले पनि बलियो बनाईएको छ । प्यारापिट बाहिरमात्र दुई वटा बार तय गरिएको छ ।
खेल मिलेमतो र बेटिङलाईसमेत मध्यनजर गरेर नेपाल प्रहरीको निगरानीका एन्टीकरप्ट युनिट तय गरिएको छ । एनपिएलमा लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित कूल ३२ खेल हुनेछन् ।
एनपिएलमा साविक विजेता जनकपुरसँगै साविक उपविजेता सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाण्डु गुर्खाज र लुम्बिनी लायन्स गरी आठ वटा फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्ने छन् । क्यानले पहिलो वर्ष नै १० वर्षका लागि फ्रेन्चाइज टोलीसँग सम्झौता गरिसकेको छ ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




