राजनीति

दुर्गा प्रसाईको पार्टी निर्वाचन आयोगमा दर्ता

काठमाडौँ।  नागरिक बचाउ अभियानका प्रवक्ता माधव कल्पितले आईतवार निर्वाचन पुगेर नयाँ पार्टीका लागि सनाखत गर्नुभएको छ । अभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईंको समर्थनमा रहेको दल ‘नागरिक बचाउ दल, नेपाल’को लागि उहाँले सनाखत गर्नुभएको हो । दलको प्रश्तावित अध्यक्ष समेत रहनुभएका कल्पितले आयोगमा पुगेर सनाखत पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

सनाखतपश्चात सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष कल्पितले आगामी प्रतिनिधि सभा निर्वाचनमा गरिब र नागरिकका मुद्दामा आधारित स्पष्ट एजेण्डा लिएर चुनावी मैदानमा उत्रिने दाबी गर्नुभयो । उहाँले परम्परागत राजनीतिक शक्तिहरूले जनताको सरोकार बिर्सिएको अवस्थामा आफ्नो दल वैकल्पिक शक्तिको रुपमा उभिने दाबी समेत गर्नुभयो । उहाँकाअनुसार दलले गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मूल एजेण्डा बनाई चुनावमा जानेछ ।

उहाँले भन्नुभयो, ‘यो देशमा दर्ता भएका सबै राजनीतिक दलहरु एकातिर र हाम्रो दललाई एकातिर राखेर हामी निर्वाचनमा जाँदैछौं । त्यो हाम्रो दल नै पल्लाभारी हुन्छ । किनभने हामीसँग गरिबका मुद्दा छन् । हामीसँग गास, बास, कपास, शिक्षा, स्वास्थ्य र रोजगारीका मुद्दाहरु छन् । हामी नागरिकका मुद्दाहरुलाई लिएर, राष्ट्रका मुद्दाहरुलाई लिएर र धर्म संस्कृति र संस्कारका मुद्दाहरुलाई लिएर हामी चुनावी मैदानमा जाँदैछौं । हामीले राजनीतिलाई अरु पार्टीहरुले जस्तो व्यापार सम्झेको छैनौं । हामी राजनीतिमा सेवा र समर्पण गर्नको लागि नागरिक बचाउ दल स्थापना भएको हुँदा अगामी चुनावमा हामी अरु दलभन्दा पल्लाभारीको रुपमा जनताको पक्षमा काम गर्नको संसद भवन र सिंहदरबार छिर्नेछौं ।’

उहाँले आगामी निर्वाचनमा मतदाताको विश्वास जितेर सिंहदरबार र संसद् भवनसम्म जनताको मुद्दा लैजाने लक्ष्य दलको रहेको स्पष्ट पार्नुभयो । –न्युज एजेन्सी नेपाल

सम्बन्धित समाचार

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...