एनपीएलको सुरक्षा प्रबन्ध चुस्त राख्न गृहमन्त्री अर्यालको निर्देशन
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सोमबारबाट सुरु हुन गइरहेको दोश्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा प्रबन्ध र अन्तिम तयारीबारे ब्रिफिङ लिनु भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी इश्वरराज पौडेलसहित काठमाडौँ प्रहरी प्रमुख रमेश थापासँग एनपीएलको सुरक्षा तयारीबारे जानकारी लिनुभएको हो।
गृहमन्त्रीको सचिवालयको अनुसार बैठकमा अर्यालले क्रिकेट अवधिभर सुरक्षा व्यवस्था चुस्त, दुरुस्त राख्न र कुनै पनि अवान्छित घटना हुन नदिन सुरक्षा सतर्कता बढाउन निर्देशन दिनुभयो।
‘पहिलो पटक रात्रिकालीन समयमा क्रिकेट हुने भएको यसपालिको सुरक्षा व्यवस्था झनै मजबुद र दुरुस्त हुन जरूरी भएकोले सोहि अनुसार प्रबन्ध मिलाउन हुन निर्देशन गर्दछु’, मन्त्री अर्यालले बैठकमा भन्नुभयो।
यसअघि पनि, एनपीएलको उद्घाटन खेल घरमै बसेर हेर्न नेपाल क्रिकेट संघ (क्यान)ले आग्रह गरिसकेको छ । उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्स र काठमाण्डु गुर्खाज अपरान्ह ४:०० बजे भिड्नेछन्।क्यानका सचिव पारश खड्काले भिडिओ सन्देश जारी गर्दै उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेकाले घरमै बसेर हेर्न आग्रह गर्नु भएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




