फागुन २१ को निर्वाचनको कार्यतालिका सार्वजनिक
काठमाडौँ। निर्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनका लागि माघ ६ गते मनोनयन दर्ता गर्नेगरी कार्यक्रम प्रकाशन गरेको छ। आइतबार आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईले एक विज्ञप्तिमार्फत निर्वाचन कार्यक्रम सार्वजनिक गरेका छन्।
फागुन २१ गते हुने पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम अनुसार माघ ६ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दिन सकिनेछ।मनोनयन दर्ता भएपछि ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ।
माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम छ। त्यसपछि दिउँसो ३ बजेदेखि भोलिपल्ट बेलुकी ५ बजेसम्ममा मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी बेलुकी ७ बजेसम्ममा नामावली प्रकाशन गर्ने भनिएको छ। माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्ति नामावली प्रकाशन गरिनेछ।
दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह समेत प्रदान गर्ने कार्यक्रम छ। समानुपातिक निर्वाचन प्रणालीतर्फ मंसिर २० गतेदेखि सञ्चालन हुनेछ। मंसिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेस्म सानुपातिक निर्वाचना भाग लिन चाहने राजनीतिक दलहरूले निवेदन पेश गर्ने कार्यतालिका छ।
मंसिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन पेश गरेका राजनीतिक दलहरूको नामावली प्रकाशन गर्ने तालिका छ। पुस १३ र १४ गते बिहान १० बजेदेखि ४ बजेस्म राजनीतिक दलहरूले बन्दसूची पेश गर्ने र माघ २० गते बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको बन्दसूची अन्तिम रूपमा प्रकाशन गर्ने कार्यक्रम छ।
फागुन २१ गते बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान केन्द्रमा मतदान हुनेछ।
ताजा अपडेट
-
१.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
२.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
३.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
४.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
-
५.
अफगानिस्तानको आरोपः पाकिस्तानी हवाई आक्रमणमा चार जना सर्वसाधारणको मृत्यु
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




