अत्यधिक भिडका कारण पुल भत्किँदा कंगोमा ३२ जनाको मृत्यु
दक्षिणपूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको एक खानीमा रहेको पुल अत्यधिक भीडका कारण भत्किँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
आइतबार कंगोको लुआलाबा प्रान्तको मुलन्दोस्थित कलान्दो खानीको पुल भत्किँदा ३२ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एशोशियटेड प्रेसले जनाएको छ।
लुआलाबा प्रान्तका आन्तरिक मन्त्री रोय काउम्बा मायोन्देले भारी वर्षा र पहिरोका कारण जोखिमपूर्ण अवस्थामा रहेको पुलमा मानिसहरूलाई जान प्रतिबन्ध लगाइएको थियो।
तर पनि मानिसहरू जबरजस्ती खानीमा प्रवेश गरेको उनले एपीलाई बताएका छन्।
कंगोको सरकारी खानी एजेन्सीले भने घटनास्थलमा रहेका सेनाले गोली चलाएका कारण भागदौड मच्चिएको र एकैसाथ धेरै मानिसहरू भागेर पुलतर्फ गएको बताएको थियो।
भागदौडका क्रममा उनीहरू पुलमा एकैपटक दगुर्दा पुल भत्किएको र मानिसहरू एकअर्कामाथि थुप्रिएर मृत्यु र घाइते भएको प्रतिवेदनमा उल्लेख छ।
मृतकको संख्यामा पनि दुई रिपोर्टबीच भिन्नता छ। मन्त्री मायोन्देले कम्तीमा ३२ जनाको मृत्यु भएको बताए पनि सरकारी एजेन्सीको प्रतिवेदनले कम्तीमा ४० जनाले ज्यान गुमाएको जनाएको छ।
यो खानी लामो समयदेखि अवैध खानीकर्मी, सञ्चालन व्यवस्थित गर्न खोज्ने एक सहकारी, र खानीको कानुनी सञ्चालकहरूबीचको विवादको केन्द्र बन्दै आएको छ।
कंगो विश्वको सबैभन्दा ठूलो कोबाल्ट उत्पादक देश हो। कोबाल्ट विद्युतीय सवारीसाधन र अन्य उत्पादनहरूका लागि लिथियम(आयन ब्याट्री बनाउन प्रयोग हुने एक प्रमुख खनिज हो। मध्य अफ्रिकी यस देशको ८० प्रतिशत कोबाल्ट उत्पादन चिनियाँ कम्पनीहरूको नियन्त्रणमा छ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




