खेलकुद

डिफेन्डिङ च्याम्पियन जनकपुर काठमाडौंसँग पहिलो खेलमा पराजित

काठमाडौं। नेपाल प्रिमियर लिग(एनपीएल) काे दोस्रो संस्करणमा काठमान्डु गाेखार्जले विजयी सुरुवात गरेकाे छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा साेमबार सम्पन्न उद्घाटन खेलमा काठमान्डुले साविक विजेता जनकपुर बाल्ट्सलाई पाँच विकेटले पराजित गर्याे । जनकपुरले प्रस्तुत गरेकाे १३१ रनकाे लक्ष्य काठमान्डुले १८ ओभरमा पाँच विकेट गुमाउँदै पुर्यायाे ।

काठमान्डुका लागि बेन चार्ल्सवर्थले २३ बलमा ५ चाैका र ३ छक्काे मद्दतले सर्वाधिक ४६ रनकाे याेगदान गरे । यसैगरी आकाश त्रिपाठीले ३९, मिलिन्ड कुमारले १९ र जाेहन सिम्पसनले १३ रन बनाए । जनकपुरका लागि कप्तान अनिलकुमार सास, किशाेर महताे, ललितनारायण राजवंशी, जान निकाेल लफ्टी इटाेन र सञ्जय कृष्णमुर्तीले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे जनकपुरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १३० रनकाे याेगफल तयार पारेकाे थियाे । जनकपुका लागि आसिफले ४१ बलमा ६ चाैका र १ चाैकाकाे मद्दतले सर्वाधिक ५४ रनकाे याेगदान दिए।

यसैगरी मयन यादवले अविजित ३४ र लाहिरु समराकाेनले २२ रन बनाए । काठमान्डुका लागि मिलिन्ड कुमारले तीन तथा शाहव आलम, सन्ताेष यादव र कप्तान करण केसीले समान एक विकेट लिए ।

सम्बन्धित समाचार

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा

काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा

काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण

काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...