अन्तर्राष्ट्रिय

कोरियामा आत्महत्या गरेकी महिलाको बारेमा बुझ्न घटनास्थल पुग्यो एनआरएन टोली

सौल। दक्षिण कोरियामा बस्दै आएकी एक नेपाली महिलाको दुःखद निधनप्रति संवेदना व्यक्त गर्दै विभिन्न नेपाली तथा प्रवासी संगठनका प्रतिनिधिहरू आज घटनास्थल पुगेका छन्। मृतक महिला ई -७ भिसामा रहेका श्रीमान् तथा चार महिनाकी छोरीसँग संगै बस्दै आएकी थिइन्।उनीहरु दक्षिण कोरियाको छुन्ग्छंगबोक्दोमा बस्दै आएका थिए।

घटनाबारे विस्तृत तथ्य संकलन तथा परिवारजनलाई थप सहयोग प्रदान गर्ने उद्देश्यले एन आर एन कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङ, आइसीसी महिला उपाध्यक्ष जुनु गुरुङ,आइसीसी सदस्य महेश वजगाई,एमटियु अध्यक्ष उदय बहादुर राई तथा स्थानीय समाजसेवी मुकेश सेन्चुरी उपस्थित भई मृतकका पतिसँग भेटघाट गरेका छन्। टोलीले घटनाको पृष्ठभूमि, परिवारको अवस्था तथा आवश्यक सहयोगबारे प्रत्यक्ष जानकारी लिएको बताइएको छ।

एनआरएन कोरियाले एक विज्ञप्ति जारी गर्दै मृतकप्रति गहिरो श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै, मृतकका श्रीमान् तथा परिवारका लागि आवश्यक पर्ने सबै प्रकारका सहयोग तथा समन्वय गर्न संगठन प्रतिबद्ध रहने जनाएको छ। एनआरएन कोरियाका अनुसार घटना सम्बन्धी कानुनी सहजीकरण, प्रक्रियागत समन्वय तथा आवश्यक परे नेपालसम्म शव पठाउने लगायतका प्रक्रियामा समन्वय तथा सहजीकरण गर्ने छ। पछिल्लो समय दक्षिण कोरियामा नेपालीहरुको दुर्घटना लगायतका म्र्त्युका घटनाहरु बढिरहेका छन्। नयाँ दैनिकी अनलाइनबाट

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...