महिलालाई प्रत्येक महिनाको ३ दिन अतिरिक्त विदा दिने स्पेन सरकारको निर्णय
काठमाडौं । स्पेन सरकारले स्पेनका महिलाहरूलाई महिनावारीको समयमा हुने पीडाका लागि हरेक महिनामा ३ दिन अतिरिक्त विदा दिने निणर्य गरेको छ ।
पश्चिमका देशहरूमा महिनावारीको समयमा महिलालाई यसरी विदा दिने पहिलो देश स्पेन हो । महिनावारीको समयमा हुने पीडाको लागि दिइने विदाको सीमा ३ दिन तोकिएको छ ।
स्पेन सरकारले आगामी सातादेखि देखि यी सुधारहरू लागू गर्न लागेको छ । त्यस्तै स्पेन सरकारका मन्त्रीहरुले विद्यालयले पनि किशोरीहरूका लागि सेनेटरी प्याड उपलब्ध गराउन आवस्यक रहेको बताएका अन्तर्राष्ट्रिय संचार माध्यमले जनाउका छन् ।
महिनावारीको समयमा अतिरिक्त ३ दिन विदा दिने देशहरूमा जापान, दक्षिण कोरिया, इन्डोनेसिया र जाम्बिया रहेका थिए भने अब यो सूचीमा स्पेन पनि थपिएको छ ।
स्पेन सरकारले यसको उद्देश्य महिलाहरुलाई असह्य पीडाका बेला सहयोग होस भन्ने रहेको जनाएको छ । त्यसैगरी स्पेनमा सेनेटरी प्याड र ट्याम्पोनबाट पनि भ्याट हटाइने भएको छ ।एजेन्सी
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी
लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...
स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...
अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...
पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण
पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...




