राजसंस्था पुनःस्थापनाका लागि बलिदान दिन तयार छु: कांग्रेस नेता भण्डारी
काठमाडौं। सनातन हिन्दु राष्ट्रको एजेण्डा अघि बढाउँदै आएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले राजसंस्था पुनःस्थापनाका लागि आफू बलिदान गर्न तयार रहेको बताउनुभएको छ।
मंगलबार काठमाडौंमा ‘जेन–जेड अलायन्स फर मोनार्की’ले आयोजना गरेको गोलमेच कार्यक्रममा उहाँले यस्तो स्पष्ट पार्नुभएको हो। भण्डारीले आफू राजावादी नभए पनि मुलुकको आवश्यकताका आधारमा राजसंस्था पुनःस्थापना गर्न बलिदान दिन तयार रहेको बताउनुभएको हो।
उहाँले नेपाली काँग्रेसभित्र पद प्राप्तिका लागि सिद्धान्तविहीन राजनीति हावी भएको र त्यसका कारण आफू बदनाम भएको आरोप समेत लगाउनुभयो।
‘म राजावादी होइन, तर राजा देशको लागि आवश्यक भयो। त्यसको लागि म आफ्नो भूमिका निर्वाह गर्न तयार छु। परिआए बलिदान दिन पनि तयार छु। पछिल्लो समय नेपालको राजनीतिमा कस्तो मान्छे कसरी नेतृत्वमा आउँछन् भन्ने कुरा हामीले नबुझेका होइनौं। पद प्राप्तिका लागि मान्छेले सिद्धान्त समेत त्यागिरहेको अवस्था छ। म दुःखका साथ भन्छु काँग्रेसभित्र पनि त्यस्तो चरित्र हावी भएको कारणले आज म बदनाम भएको छु। म भ्रष्टाचारी काँग्रेस भएको छु,’ भण्डारीले भन्नुभयो।
भण्डारीले हिन्दु राज्य र राजसंस्था पक्षधरलाई सञ्चारमाध्यमले समेत असहयोग गरेको आरोप लगाउनुभयो।
ताजा अपडेट
-
१.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
२.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
३.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
-
४.
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
-
५.
केपी शर्मा ओलीका पिताको आर्यघाटमा अन्त्येष्टि
ट्रेन्डिङ
सम्बन्धित समाचार
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...
शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र फैलाइएका भ्रममा नपर्न पार्टी पंक्तिलाई आग्रह गर्नुभएको छ ।...




