राजनीति

एनपीएलमा विराटनगरको सानदार सुरुवात, स्तब्ध पोखरा

काठमाडौं। विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा सानदार सुरुवात गरेको छ ।

विराटनगरले मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पोखरा एभेन्जर्सविरुद्ध ५३ रनको सहज जित निकाल्यो ।

विराटनगरले प्रस्तुत गरेको २ सय २१ रनको कीर्तिमानी लक्ष्य पछ्याएको पोखरा १८.५ ओभरमा १ सय ६७ रनमा समेटियो ।

पोखराका लागि कप्तान कुशल भुर्लेलले ३१ बलमा पाँच चौका र चार छक्काको मद्दतले सर्वाधिक ५९ रनको योगादान गरे । यसैगरी एडम रोसिङटन ३९, ड्यानियल डायथवेटले २९ र अभिषेक तिवारीले ११ रन बनाए ।

दोस्रो विकेटका लागि कुशल र रोसिङटनबीच ७६ रनको साझेदारी भएको थियो । यो साझेदारी शुभम रन्जानेले तोडेका थिए । विराटनगरका लागि कप्तान सन्दीप लामिछाने, शुभम रन्जाने, प्रतिश जिसी र मर्चेन्ट डी लाङ्गले समान दुई तथा बसिर अहमद र सूर्य तामाङले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २० रनको योगफल तयार पारेको थियो । यो एनपीएलकै सार्वाधिक योगफल हो । पहिलो संस्करणमा विराटनगरले नै लुम्बिनी लायन्सविरुद्ध १ सय ९३ रन बनाएको थियो ।

विराटनगरका लागि लोकेश बमले ४८ बलमा ७ छक्का र १ चौकासहित सर्वाधिक ७२ रनको योगदान गरे । यसैगरी गप्टिलले ३५ बलमा पाँच छक्का र तीन चौकाको मद्दतले ६१, शुवम रन्जानेले ३८, बसिर अहमदले २३, नरायाण जोशीले अविजित ११ र जर्ज मुन्सेले १० रन बनाए ।

दोस्रो विकेटका लागि लोकेश र गप्टिलबीच १३२ रनको साझेदारी भएको थियो । यो साझेदारीलाई सागर ढकालले तोडेका थिए ।

पोखराका लागि म्याट टेलरले दुई तथा आकश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए ।

सम्बन्धित समाचार

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं। सर्वोच्च अदालतले प्रहरी हिरासतमा रहेका अभियन्ता दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको छ। प्रसाईंको गिरफ्तारीविरुद्ध...

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

धनुषा १ का रास्वपा उम्मेदवारको उम्मेदवारी खारेज

काठमाडौं । निर्वाचन आयोगले धनुषा क्षेत्र नम्बर १ का रास्वपा उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेको छ । बैंक...

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

६ किसिमका परिचयपत्रमार्फत मतदान गर्न पाइन्छ

काठमाडौँ। आगामी बिहीबार देशभर प्रतिनिधि सभा सदस्य निर्वाचन हुँदैछ । निर्वाचन आयोगले तोकेका मतदान केन्द्रहरूमा देशभर बिहान ७ बजेदेखि...

मध्यरातबाट सुरुभयो मौनअवधि

मध्यरातबाट सुरुभयो मौनअवधि

काठमाडौँ। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको अन्तिम घडी नजिकिएसँगै गतराति/मंगलबार बिहान १२ बजेदेखि मौन अवधि सुरु भएको...