राजनीति

मधेसमा पार्टीको राजनीतिक संकट र आगामी कार्यदिशाबारे गम्भीर हुन योगेश भट्टराईको आग्रह

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले मधेस प्रदेशमा पार्टीको समसामयिक राजनीतिक सङ्कट र आगामी कार्यदिशाबारे गम्भीर हुन आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले संविधान जारी भए पछि मधेस प्रदेशमा एमालेले भोगेका कठिनाइ र त्यसपछि पार्टीले गरेको पुनरुत्थानको कामको समीक्षा गर्नु भएको छ। २०७२ असोज ३ पछि केही वर्ष मधेसका लागि एमालेलाई चुनौतीपूर्ण रहेको र तत्कालीन परिस्थितिमा पार्टीमाथि विभिन्न आक्रमण, नेता(कार्यकर्ताप्रति लक्षित हिंसा तथा पार्टी कार्यालयमाथि पटक–पटक आक्रमणका घटना हुँदा पनि पार्टीले अन्ततः ठोस एकता र मेहनतका कारण पुनर्स्थापनामा सफलता हासिल गरेको भट्टराईले उल्लेख गर्नु भएको छ ।

उहाँले पछिल्लो संसदीय र स्थानीय निर्वाचनमा मधेस प्रदेशमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १० सिट तथा प्रदेशसभामा २५ सिटका साथ एमाले पहिलो पार्टी बनेको स्मरण गराउनुभएको छ। यो उपलब्धिमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई उहाँले मुख्य योगदानका रूपमा व्याख्या गर्नुभएको छ । यी उपलब्धिहरूलाई ‘पार्टी अध्यक्षको मिहिनेत र सूक्ष्म व्यवस्थापनको फसल’ भन्दै उहाँले प्रशंसा गर्नु भएको छ । भट्टराईले पार्टीभित्रका अन्य केन्द्रीय तथा तहगत नेताहरू सचिव रघुवीर महासेठ र तहगत कमिटीहरूको भूमिका पनि उल्लेख गर्नुभएको छ। ‘मधेसमा पार्टीले प्राप्त गरेको यो उपलब्धिको मुख्य श्रेय पार्टी अध्यक्ष केपी ओलीलाई नै जान्छ, उहाँले मसिनो ढङ्गले मधेसको कामको व्यवस्थापन तथा व्यक्तिर व्यक्तिको खटनपटन गर्नु भएको थियो, पार्टी सचिव रघुवीर महासेठ, अन्य केन्द्रीय नेताहरू लगायत तहगत कमिटीको समेत भूमिका रहेको कुरा अवगत नै छ’, भट्टराई ले लेख्नु भएको छ ।

उहाँले फेसबुक स्ट्याटसमा आफैँले करिब पन्ध्र महिना मधेस प्रदेशको इन्चार्जको रूपमा काम गरेको अनुभव राख्दै सो अवधिमा प्रदेश तथा जिल्ला अधिवेशन, सदस्यता व्यवस्थापन र जनसंगठनको काममा राम्रो प्रगति भएको उल्लेख गर्नु भएको छ। यसले पार्टी कार्यकर्ताको समन्वय र संगठनिक पुनर्निर्माणमा विशेष योगदान पुगेको उहाँको धनाइ छ।

विषम परिवेशका बाबजुद हाल मधेस प्रदेशको संसदीय फाँटमा एमालेले ठुलो धक्का खेपेको र पार्टीको सार्वजनिक छविमा गम्भीर प्रश्न उठेको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभएको छ। उहाँले हालको राजनीतिक संकटमा प्रदेश प्रमुखको बर्खास्तकी, सभामुख हटाइनु मुख्यमन्त्रीको पद सम्बन्धी मुद्दा अदालतमा पुगेको अवस्था उल्लेख गर्दै यी घटनालाई राजनीतिक रूपमा पार्टीका लागि चुनौतीपूर्ण भएको टिप्पणी गर्नुभएको छ।

‘यो सबै किन र कसका कारणले भयो रु’ यो प्रश्नमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँको भनाइ छ। विशेष गरी मधेसमा पार्टी अध्यक्ष केपी ओलीले गरेको मिहिनेतप्रति कसले र किन खेलबाड गरे भन्ने विषयमा जाँच र विश्लेषण आवश्यक भएकोमा उहाँले जोड दिनु भएको छ। मधेसमा पार्टीभित्र अहिले तीव्र अन्तर्विरोध रहेको र पार्टी राजनीतिक रूपमा एक्लिएको अवस्थाले आआफ्नो भूमिका र जिम्मेवारी पुनरावलोकन गर्नुपर्ने अवस्था आएको उहाँको धारणा छ ।

उहाँले मधेसमा पार्टीको आन्तरिक अवस्था मूल्याङ्कनका लागि ‘सोसल अडिट’को माग समेत राख्नु भएको छ । जसमा पार्टीको जनआधार बिस्तार, आन्तरिक एकता सुदृढीकरण र सामाजिक छवि सुधार्ने उपायहरू आलोचनात्मक रूपमा समावेश हुनुपर्ने उहाँको सुझाव छ। यो सन्दर्भमा मधेसमा नयाँ जिम्मेवारीका साथ जानुपर्ने आवश्यकता औँल्याउँदै उहाँले पार्टी अध्यक्षसमक्ष गम्भीर विचारार्थ अनुरोध गर्नु भएको छ ।

सम्बन्धित समाचार

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

सर्लाही–४ मा हारे गगन थापा, अमरेशकुमार सिंह विजयी

काठमाडौँ। सर्लाही–४ मा रास्वपाका अमरेशकुमार सिंह विजयी भएका छन् । केहीबेरअघि सम्पन्न मतगणनामा ३५ हजार ६८८ मत ल्याउँदै सिंह...

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

रास्वपाले समानुपातिकमा कटायो १० लाख मत, अरू दलको कति?

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिकमा १० लाख मत कटाएको छ। निर्वाचन आयोगका अनुसार २० लाख १५ हजार ६४१...

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

रास्वपाले प्रत्यक्षमै जित्यो १०० सिट [तालिकासहित]

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन निर्वाचनको प्रत्यक्षतर्फको मतगणना जारी छ । जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एक सय...

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

मधेशमा कांग्रेसलाई निल हुन रोके अफ्ताव आलामका छोराले

काठमाडौँ। प्रतिनिधि सभाको निर्वाचनमा रौतहट २ बाट नेपाली कांग्रेसका मोहम्मद फिरदोश आलम निर्वाचित भएका छन्। निर्वाचन आयोगका अनुसार, आलम...