अन्तर्राष्ट्रिय

२६७ जना सवार यात्रुवाहक पानीजहाज दक्षिण कोरियामा दुर्घटनाग्रस्त

योनहाप समाचार एजेन्सीकाअनुसार बुधवार २६७ जना सवार यात्रुवाहक पानी जहाज पश्चिमी दक्षिण कोरियाको तटीय क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ ।

स्थानीय समयअनुसार साँझ ८ः१७ बजे तटीय सुरक्षाकर्मीलाई खबर गरिएको थियो । २४६ यात्रु र २१ जना चालक दलका सदस्यहरूसहितको डुङ्गा राजधानी सियोलबाट लगभग ३१० किलोमिटर दक्षिणपश्चिममा रहेको सिनान काउन्टीको टापु नजिकै पानीमा दुर्घटनाग्रस्त भएको थियो ।

दक्षिणी रिसोर्ट टापु जेजुबाट निस्केको डुङ्गा दक्षिणपश्चिमी बन्दरगाह शहर मोक्पो जाँदै थियो । टापु नजिक पुग्दा जहाज डुबेको चट्टानमा ठोक्किएको अनुमान छ । घटनास्थलमा गस्ती डुङ्गाहरू पठाएको तटीय सुरक्षाकर्मीले कुनै हताहत नभएको अनुमान गरेको छ ।

सम्बन्धित समाचार

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारद्वारा हिजबुल्लाहको सैन्य गतिविधिमाथि प्रतिवन्ध, इजरायलद्वारा स्थलगत आक्रमणको चेतावनी

लेबनानी सरकारले राज्यको अधिकार बाहिरका सबै सैन्य र सुरक्षा गतिविधिहरू गैरकानूनी भएको घोषणा गरेको छ । मन्त्रिपरिषद्को तर्फबाट बोल्दै...

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

स्पेनसँगको सबै व्यापार ठप्प पार्ने ट्रम्पको चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्पेनसँगको सबै व्यापार ठप्प पार्ने चेतावनी दिनुभएको छ । इरानमाथि आक्रमण गर्नका लागि अमेरिकालाई आफ्नो...

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

अमेरिकी–इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपायः इरान

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेईले मंगलवार इरानविरुद्धको अमेरिकी र इजरायली ‘आक्रमण’ रोक्नु नै युद्ध अन्त्य गर्ने एकमात्र उपाय...

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानद्वारा पूर्वी अफगानिस्तानमा हवाई आक्रमण

पाकिस्तानले पूर्वी अफगानिस्तानमा तालिवानको स्थानमा नयाँ हवाई आक्रमण गरेको छ । जसमा जलालाबादका साइटहरूलाई लक्षित गरिएको सुरक्षा स्रोतले मंगलवार...