राजनीति

जेनजी अभियन्ता रक्षा बमको अपिल : नरसंहार धेेर भयो, रोकौँ

काठमाडौं। जेनजी अगुवा रक्षा बमले विध्वंस र नरसंहार धेरै भोगिसकेको भन्दै संयमता देखाउन अपिल गर्नुभएको छ।  सामाजिक सञ्जालमा बिहीबार लेख्दै बमले अब एक थोपा रगत पनि मुलुकले थेग्न नसक्ने भन्दै संयमताको अपिल गर्नुभएको छ।

‘साथीहरू, संयमित हुनुहोला । हामीले धेरै विध्वंस देखिसक्यौँ, नरसंहार भोगिसक्यौँ । अब यो देशले कसैको पनि एक थोपा रगत थेग्न सक्दैन,’ उहाँले भन्नुभयो, ‘हामी देशको वर्तमान र भविष्य बोकेका युवा हौँ । अहिलेको समयमा संयमता र धैर्यता नै हाम्रो शक्ति हो र हुनुपर्छ ।’

भदौ २३ गतेले न्याय पाउनुपर्नेमा दईमत नभएको भन्दै उनले शान्ति कायम राख्नु सबैको जिम्मेवारी भएको उल्लेख गर्नुभएको छ। ‘भदौ २३ ले न्याय पाउनुपर्छ भन्ने विषयमा दुईमत छैन । यसका लागि हाम्रो आवाज सधैँ एक छ तर साथीहरू विद्रोहपछि विवेक महत्त्वपूर्ण हुन्छ है,’ उहाँले लेख्नुभएको छ, ‘हिजो सुशासनका निम्ती हामीले सडकमा आवाज उठायौँ र आज देशमा शान्ति कायम राख्नु हाम्रो पनि जिम्मेवारी हो ।’

दलका नेतालाई पनि उनले अपिल गर्दै भन्नुभएको छ,‘राजनैतिक दलका अग्रज नेताज्यूहरू र युवाहरूले पनि बुझून् – यसबेला, नेपाल आमा शान्ति चाहन्छिन् ।’

 

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...