तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट चुनाव हुन्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्त्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढङ्गबाट सम्पन्न गर्नु रहेको बताउनुभएको छ।
बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले उक्त कुरा बताउनुभएको हो।
आगामी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारी सो अनुरुपको तयारी र प्रतिबद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुनसमेत आदेश गर्नुभयो।
जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायले आफ्ना काम कारवाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवालाई सम्भव भएसम्म विद्युतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिनुभयो।
‘सरकारी काम कारवाहीले गर्दा सेवाग्राहीलाई अनावश्यक झनझट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरुलाई निर्देश गर्दछु’, मन्त्री अर्यालले भन्नुभयो।
मन्त्री अर्यालले आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक स्राेत साधनका लागि आवश्यक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट यस मन्त्रालयलाई सहजीकरण भएकोमा मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिनुभयो।
समीक्षा क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र सङ्घीय मामिला मन्त्रालयले दिनुभएका सुझावलाई मन्त्रालय मनन गरेर कार्यान्वयनमा लैजाने कुरा पनि मन्त्री अर्यालले राख्नुभयो।
राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै, मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरेर काम गर् समेत निर्देश गर्नुभयो।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
एक हप्ताभित्र अनलाइनबाटै कन्सल्टेन्सीको नविकरण पत्र डाउनलोड गर्न सकिने
-
२.
सार्वजनिक पदमा बसेकाहरुले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने संकल्पमा विचलित हुन मिल्दैनः मधेस प्रदेश प्रमुख कर्ण
-
३.
समानुपातिककै भरमा महिलाको प्रतिनिधित्व, पिँधको वर्ग अझै उपेक्षित
-
४.
मुलुकमा पुँजीगत खर्च सहज ढंगले हुन नसक्नुमा अख्तियार पनि जिम्मेवार छः मधेस प्रदेशका मुख्यमन्त्री यादव
-
५.
हरेक व्यक्ति कानूनी र नैतिकताको दायराभित्र रहनुपर्छः प्रदेश प्रमुख देवकोटा
सम्बन्धित समाचार
निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुन्छ : गृहमन्त्री
काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने...
संविधान र लोकतन्त्रका लागि मधेसका ८ वटै जिल्लामा कांग्रेसलाई जिताउन निधिको अपिल
काठमाडौँ। नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले लोकतन्त्र, संविधान र व्यवस्था खतरमा रहेको भन्दै त्यसको रक्षाका लागि मधेस प्रदेशका सबै...
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्तो छ ‘भिजन टेन’ (पूर्णपाठ)
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाको निर्वाचनको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ। धनुषाको जनकपुरधाममा वृहत आमसभा गर्दै कांग्रेसले प्रतिज्ञापत्र सार्वजनिक गरेको हो।...
ऋषि कट्टेल पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव ऋषि कट्टेल पक्राउ पर्नुभएको छ। निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध...




