राजनीति

सिमरा तनावः प्रधानमन्त्री कार्कीद्वारा राष्ट्रिय सुरक्षा परिषद् बैठक आह्वान

काठमाडौं।  नेकपा एमाले महासचिव शंकर पोखरेल र नेता महेश बस्नेतको कार्यक्रममा सहभागी हुन जाने तयारीसँगै बाराको सिमरा क्षेत्रमा बुधबारदेखि सुरु भएको तनाव अझै साम्य भएको छैन। यसैबीच, प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय सुरक्षा परिषद् बैठक बोलाउनुभएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक बिहीबार दिउँसो साढे २ बजे सिंहदरबारस्थित सुरक्षा परिषद्को सचिवालयमा बस्नेछ।
एमालेसँगको विवादका कारण सिमरास्थित विमानस्थलमा बुधबार जेन–जेड युवाहरूले तोडफोड गरेका थिए।

त्यसपछि कर्फ्यु आदेश जारी गरिएको थियो, जुन बिहीबार राति ८ बजेसम्म लम्ब्याइएको छ। बुधवारदेखि सुरु भएको तनाव नरोकिएपछि आज पुनः कर्फ्यु जारी गरिएको हो।

यसअघि गत शुक्रबार बसेको राष्ट्रिय सुरक्षा समिति बैठकले निर्वाचनमा सेना परिचालनका लागि रक्षा मन्त्रालयमा पत्र पठाउने निर्णय गरेको थियो। सुरक्षा परिषद्ले पनि सेना परिचालनबारे निर्णय गर्नुपर्ने भएकाले आजको बैठकमा त्यस विषयमा छलफल हुने स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब

काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन

नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार

काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...