बोपोराको अर्धशतकमा चितवनले लुम्बिनीलाई दियो १४३ रनको लक्ष्य
काठमाडौं । रबि बोपाराले लगातार दोस्रो खेलमा अर्धशतक प्रहार गरेपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सलाई १४३ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४२ रन बनाएको हो ।
बोपाराले ५५ बल खेल्द ४ चौका र ३ छक्का मदतमा सर्वाधिक ६६ रन बनाए । अनुभवी खेलाडी बोपाराले यसअघि कर्णाली याक्सविरुद्ध ५२ रन बनाएका थिए । यस्तै कप्तान कुशल मल्लले २१ रन जोडे ।
सैफ जैबले १५, देव खनालले १५ र दीपक बोहरा १० रन बनाएर आउट भए । बलिङमा लुम्बिनीका नामिबियन खेलाडी रुबेन ट्रम्पलम्यानले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिए । यस्तै युवा स्पीनर अभिशेष गौतमले ३ ओभरमा १५ रन खर्चेर २ विकेट लिए । गुल्बदिन नइबले ४ ओभरमा ३३ रन खर्चेर २ विकेट लिए ।
ताजा अपडेट
ट्रेन्डिङ
सम्बन्धित समाचार
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
काठमाडौँ। नेपाली राष्ट्रिय फुटबल टोलीका नवनियुक्त मुख्य प्रशिक्षक गुग्लीइल्मो एरिनाले नेपालसँग उच्चस्तरको फुटबल खेल्नसक्ने सीमित मात्र खेलाडी रहेको बताउनुभएको...
म्यानचेस्टरका रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना
काठमाडौं। इंग्लिस क्लब म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीलाई ८० हजार पाउन्ड जरिवाना तिराइएको छ । सोमबार इंग्लिस प्रिमियर लिगको नियमनकारी...
निर्धारित समयमा ए डिभिजन लिग हुन सक्दैन : एन्फा
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाले कुनै पूर्वजानकारी र संवादबिना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको आरोप लगाएको छ। नेपाल...
बुम्राह यस संस्करणमा सर्वाधिक विकेट लिने क्रिकेटर, यी हुन् शीर्ष पाँच
काठमाडौं । भारतका बलर जस्प्रीत बुम्राह आईसीसी ट्वान्टी–२० विश्वकप २०२६ मा सर्वाधिक विकेट लिने क्रिकेटर बनेका छन् । बुमराहले...




