एमालेको ११ औं महाधिवेशन तयारीका लागि १३ वटा उपसमिति गठनःकसलाई के जिम्मेवारी ?
काठमाडौं। नेकपा एमालेले ११ औं महाधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिती गठन गरेको छ । आज बसेको पार्टीको सचिवालय महाधिवेशनको सचिवालय व्यवस्थापनका लागि महासचिव शंकर पोखरेल संयोजक रहेको तीन सदस्यीय समिती गठन गरेको छ । जसको सचिवमा उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र सदस्यमा सचिव योगेश भट्टराई रहनु भएको छ ।
बैठकले प्रतिनिधि व्यवस्थापन समितिमा काशीनाथ अधिकारीलाई संयोजक र माधव ढुंगेल सचिव तय गरेको छ । समितीको सदस्यहरुमा केन्द्रीय संगठन विभागका सबै सदस्यहरू कार्ड व्यवस्थापनका लागि आवश्यक प्राविधिकहरू महेन्द्र श्रेष्ठ र किरण माली सदस्य रहेका छन् ।
जनपरिचालनका लागि प्रदीप ज्ञवाली संयोजक र राजन भट्टराई सचिव र सदस्यहरुमा इन्चार्ज— गण्डकी र मधेस प्रदेशका, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी, अध्यक्ष वागमती, गण्डकी, मधेस प्रदेश, उपत्यका विशेष र सम्पर्क समन्वय कमिटी ,वागमती प्रदेश अन्तरगतका —जिल्ला इन्चार्ज र जिल्ला अध्यक्षहरु, अध्यक्ष— उपत्यका विशेष जिल्लाहरु अध्यक्ष— पार्टी सम्वद्ध जनसंगठनहरु रहेको उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिनुभयो ।
ज्ञवालीका अनुसार आवास व्यवस्थापनका लागि छविलाल विश्वकर्मा संयोजक र लालबाबु पण्डित सचिव तोकिएको छ । समितीका सदस्यहरुमा सम्पर्क समन्वय कमिटी इन्चार्ज र पदाधिकारीहरु तोकिएको छ ।
यस्तै खाद्य व्यवस्थापन समितिको संयोजकमा लेखराज भट्ट संयोजक र भीष्म अधिकारी सचिव रहनु भएको । समितीका सदस्यहरुमा उपत्यका विशेष कमिटीका इन्चार्ज, अध्यक्ष र पदाधिकारीहरु रहेका छन् । यातायात व्यवस्थापन समितिको संयोजकमा गोकर्ण विष्ट र रचना खड्का सचिव तोकिएको छ ।
समितीका सदस्यहरुमा उद्योग व्यावसायी महासंघका अध्यक्ष, यातायात सम्बद्ध व्यावसायी संगठन र ट्रेड युनियनका पदाधिकारीहरु रहेका छन् । रघुवीर महासेठ संयोजक र महेश बर्तौला सचिव रहेको अतिथि सत्कार समिति गठन भएको ज्ञवालीले बताउनुभयो ।
यामलाल कंडेल, हिक्मत कार्की, चेतनारायण आचार्य राष्ट्रिय सभाका सदस्यहरु देवेन्द्र दाहाल, सोनाम ग्याल्जेन शेर्पा, गोपाल भट्टराई र डा अन्जान शाक्य महानगरका उपमेयरहरु सुनिता डंगोल र मंजलि शाक्य अन्य पूर्व साँसदहरु शान्ता चौधरी, कोमल वली, सुनिता वराल, सहित बिदेश विभागका आवश्यक सदस्यहरु रहेका छन् ।
यस्तै भानुभक्त ढकाल संयोजक र विनोद पाण्डे सचिव रहेका स्वयम सेवक परिचालन समिति गठन गरिएको छ । समितीका आवश्यक संख्यामा भूतपूर्व सैनिक–प्रहरी, युवा, विद्यार्थी, खेलकुद सदस्यहरु रहनेछन् । पद्मा अर्याल संयोजक र राजेन्द्र गौतम सचिव रहेको प्रचार समिति, गठन गरिएको छ । सदस्यहरुमा प्रेस चौतारीका अध्यक्ष गणेश पाण्डेसहित पदाधिकारीहरु, गणेश वस्नेत, श्रीधर आचार्य, राजेन्द्र अर्याल, विश्वमणी सुवेदी रहेका छन् ।दविनोद श्रेष्ठ संयोजक र लोकबहादुर भण्डारी सचिव रहेको मञ्च व्यवस्थापन समिति गठन भएको छ ।
यस्तै, कृष्ण गोपाल श्रेष्ठ संयोजक र राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष सचिव रहेको स्वास्थ्य समिति, विष्णु रिमाल संयोजक र विना श्रेष्ठ सचिव आर्थिक समिति बनाइएको उनले बताए । साँस्कृतिक समितीको सचिवमा जनसाँस्कृतिक महासंघका अध्यक्ष भूमिका सुब्बालाई तोकिएको छ । समितीका सदस्यहरुमा इन्चार्ज र पदाधिकारीहरु जनसाँस्कृतिक महासंघका संस्कृती विभागका सचिव रहेका छन् । यो समितीको संयोजक तोकिएको छैन ।
कुन नेतालाई के जिम्मेवारी ?
१.संयोजक शंकर पोखरेल
सचिव पृथ्वी सुब्बा गुरुङ
सदस्य योगेश भट्टराई
२. जनपरिचालन समिति
संयोजक प्रदीप ज्ञवाली
सचिव राजन भट्टराई
३. आवास व्यवस्थापन समिति
संयोजक छविलाल विश्वकर्मा
सचिव लालबाबु पण्डित
४. खाद्य व्यवस्थापन समिति
संयोजक लेखाराज भट्ट
सचिव भीष्म अधिकारी
५. यातायात व्यवस्थापन समिति
संयोजक गोकर्ण विष्ट
सचिव रचना खड्का
६.अतिथि सत्कार समिति
संयोजक रघुवीर महासेठ
सचिव महेश बर्तौला
७.प्रतिनिधि व्यवस्थापन समिति
संयोजक काशीनाथ अधिकारी
सचिव माधव ढुंगेल
८. स्वयम् सेवक परिचालन समिति
संयोजक भानुभक्त ढकाल
सचिव विनोद पाण्डे
९. प्रचार समिति
संयोजक पद्मा अर्याल
सचिव राजेन्द्र गौतम
१०. मञ्च व्यवस्थापन समिति
संयोजक विनोद श्रेष्ठ
सचिव लोकबहादुर भण्डारी
११. स्वास्थ्य समिति
संयोजक कृष्ण गोपाल श्रेष्ठ
सचिव राष्ट्रिय स्वास्थ्यकर्मी महासंघका अध्यक्ष
१२. आर्थिक समिति
संयोजक. विष्णु रिमाल
सचिव विना श्रेष्ठ
१३ साँस्कतिक समिति
सचिव भूमिका सूब्बा
ताजा अपडेट
-
१.
नेपालमा उच्चस्तरको फुटबल खेल्न सक्ने सीमित मात्र खेलाडी छन् : मुख्य प्रशिक्षक
-
२.
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
-
३.
धुलिखेल-सावा सडक खण्ड रातमा बन्द हुने
-
४.
पेट्रोलियम पदार्थको आपूर्ति सुनिश्चित गर्न सरकारलाई आयोगको निर्देशन
-
५.
आयल निगम भन्छ- ग्यास आयात भइरहेको छ, उपभोक्ताले बढी भण्डारण नगरे सात दिनमै सहज हुन्छ
ट्रेन्डिङ
सम्बन्धित समाचार
ज्ञानेन्द्र शाहीको यस्तो छ चुनावी हिसाबकिताब
काठमाडौं। प्रतिनिधि सभाको निर्वाचनमा जुम्लाबाट उम्मेदवार बनेका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले चुनावी खर्च सार्वजनिक गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)...
निर्वाचन प्रहरीलाई स्वरोजगार बनाउन सहयोग गर्दै चितवन
नारायणघाट। प्रतिनिधिसभा सदस्य निर्वाचनमा खटिएका जिल्लाका निर्वाचन प्रहरीलाई व्यावसायिक तालिम दिएर स्वरोजगार बनाइने भएको छ। प्रमुख जिल्ला अधिकारी गणेश...
मोरङ-६ बाट पराजित शेखर कोइरालाले कति गरे चुनावमा खर्च ?
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत मोरङ ६ बाट उम्मेदवार बनेका कांग्रेस नेता डा। शेखर कोइरालाले आफ्नो निर्वाचन...
महावीर पुनको चुनावी खर्च २८ लाख ६८ हजार
काठमाडौँ। म्याग्दीमा स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित भएका महावीर पुनले चुनावी खर्च विवरण बुझाउनुभएको छ। पुनले जिल्ला निर्वाचन कार्यालय म्याग्दीमा...




