राजनीति

प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई उचाल्ने काम गरे : महेश बस्नेत

काठमाडौँ । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका सहिद परिवारलाई माइतीघर मण्डलामा उचाल्ने काम गरेको बताउनुभएको छ।

नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) घोषणा सभालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रधानमन्त्री सुशीला कार्की, सुदन गुरुङ र गृहमन्त्री ओमप्रकाश अर्यालको योजनामा एमालेको नेश्नल भोलेन्टियर फोर्सका विरुद्ध उचाल्ने काम भएको बताउनुभएको हो।

‘माइतीघर मण्डलामा सहिद परिवार र घाइतेलाई उचाल्ने काम गरियो, म सुशीला आमा र ओमप्रकाशजीलाई सुझाव दिन चाहन्छु–सहिद परिवार र घाइते परिवारलाई सम्बोधन गर्ने तपाईंहरुको हैसियत छैन’, उहाँले भन्नुभयो, ‘अब चाँडै संसद् पुनर्स्थापनापछि बन्ने सर्वदलीय सरकार जहाँ जेनजीको पनि प्रतिनिधित्व हुन्छ । उनीहरूको सम्मान गर्छ, उपचार गर्छ र राहत एमालेले दिनेछ ।’

नेता बस्नेतले भोलेन्टियर फोर्स जनेजीको विरोधी नभएर जेनजीको भावनाअनुसार चल्ने र सम्बोधन गर्ने दाबी गर्नुभयो।

सम्बन्धित समाचार

रवीन्द्र मिश्रले छाडे राप्रपा

रवीन्द्र मिश्रले छाडे राप्रपा

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पार्टीबाट राजीनामा दिएका छन् । काठमाडौँ १ मा बेहोरेको ‘ह्यट्रिक...

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

गुल्मी २ मा रास्वपाका गोविन्द पन्थी विजयी, गोकर्ण विष्टको हार

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ। प्राप्त...

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटीमा कांग्रेसका भरतबहादुर खड्का

डोटी। डोटीमा नेपाली कांग्रेसका भरतबहादुर खड्का निर्वाचित भएका छन्। फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनको आज आएको मतपरिणाम...

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

फेरि पछि परे गुल्मी २ मा गोकर्ण विष्ट, १८ मतले गोविन्द पन्थी अगाडि

काठमाडौँ। गुल्मी क्षेत्र नम्बर २ मा जारी मतगणनामा नेकपा एमाले का गोकर्ण विष्ट फेरि पछि परेका छन्। निर्वाचनको पछिल्लो...