एमालेको स्वंयसेवी दस्ता हिंसा र अराजकताका विरुद्ध हो : ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको स्वयंसेवी दस्ता,नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) कसैका विरुद्ध नभइ हिंसा र अराजकताका विरुद्ध गठन गरिएको बताउनुभएको छ ।
एनभिएफको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राज्य संयन्त्रले मात्र जनता,जनधनको,औद्यागिक प्रतिष्ठान वा मिडिया हाउसको संरक्षण गर्न नसकेकोले स्वंयसेवी दस्ता बनाउनु परेको ओलीले बताउनुभयो ।
‘यदी कसैले शान्ती भंग गर्न खोज्छ भन्ने हामीले रोक्नु पर्दछ । आगजनी तोडफोडको राक्षसी राज चलाउन खोज्छ भने यो फोर्सले रोक्नेछ’ अध्यक्ष ओलीले फोर्सका बारेमा भन्नुभयो ‘फोर्सले प्राकृतिक विपत्ती र जनताका समस्या समाधानमा काम गर्नेछ ।’
अध्यक्ष ओलीले फोर्स कसैको अहितका लागि नभएको स्पष्ट पार्नु भयो । फोर्सले एमालेको मात्र होइन एमालेसँग असहमत राख्नेहरुको पनि सुरक्षा गर्ने उहाँले बताउनुभयो ।
अध्यक्ष ओलीले जेन जीका नाममा नक्कलीहरु खडा भएर विध्वंस मच्चाएको बताउनुभयो । भदौ २३ गते पानी बाँड्ने नाममा खडा भएका स्वंसेवीहरु २४ गते तोफोड र आगजनीमा उत्रिएको बताउनुभयो ।
‘हामीले गठन गरेको फोर्स यस्ता अराजकताबादी काम गर्दैन । यो कतैबाट पेइड भएर चलेको पनि होइन’ अध्यक्ष ओलीले भन्नुभयो ‘यसले देशमा शान्ती र राजनीतिक स्थिरताका लागि काम गर्छ ।’
प्रधानमन्त्री सुशीला कार्कीले यो सरकार असफल भए देशमा झन् ठुलो विद्रोह हुने चेतावनी दिइरहेकोमा आपत्ती प्रकट गर्नु भएको छ । ‘देशमा थप विध्वसं मच्चाउने तपाईंको योजना हो कि सपना हो’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो ‘तपाईंको योजना हो भने त्यो पुरा हुन दिइदैन । सपना हो भने यस्ता विध्वसंकारी सपना देख्न छोड्नुहोस ।’
एमालेले गठन गर्न लागेको फोर्स घोषणाको कार्यक्रम अहिले बबरमहलमा जारी छ ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
४.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
विश्वका नेपाली मूललाई नेपालसँग जोड्न पहल गर्छु : सभापति थापा
काठमाडौँ। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विभिन्न देशमा बसोवास गर्ने नेपाली मूलका नागरिकलाई नेपालसँग जोड्न कांग्रेसले पहल गर्ने बताउनुभएको...
बालेनले ल्याउनुभयो शपथअघि नै गीत
https://youtu.be/Yse0H0mXEuQ?si=LaEi_s7185yTaFr- काठमाडौं। रास्वपा बरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले भोलि प्रधानमन्त्रीका रुपमा सपथ लिँदैहुनुहुन्छ। आज बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले...
इनिशा विक हत्या प्रकरण : दोषीलाई कडा कार्बाही गर्न अखिल क्रान्तिकारीको माग
काठमाडौँ । सुर्खेतकी इनिशा विकको बलात्कारपछि भएको हत्याको विरोधमा दोषीलाई कडा कारबाहीको माग गर्दै काठमाडौं उपत्यकाका क्याम्पसभरि अखिल क्रान्तिकारीले...
जेनजी प्रतिवेदनप्रति कांग्रेसको टिप्पणी : अपूरो र अधुरो
काठमाडौं। नेपाली कांग्रेसले जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन प्रथम दृष्टिमै अपूर्ण र अधुरो रहेको जनाएको छ।...




