देशकै नमुना तीनमुखे पुल हस्तान्तरणमा ढिलाइ
गुल्मी। गुल्मीमा देशकै नमुना तीनमुखे पुल निर्माणको कार्य सम्पन्न भए पनि हस्तान्तरण हुन सकेको छैन । २०७१ साल मङ्सिर १५ गते शिलान्यास गरिएको देशकै नमुना तीनमुखे पुलको निर्माण कार्य तीन वर्ष पहिले सम्पन्न भएको हो । अहिले उक्त पुल सञ्चालनमा रहेको भए पनि आधिकारिक रुपमा सम्बन्धित कार्यालयलाई हस्तान्तरण भने भएको छैन ।
गुल्मी, स्याङ्जा र पाल्पाको सङ्गम स्थल रिडी क्षेत्रको कालीगण्डकीमा तीन जिल्लालाई जोड्ने गरी देशकै नमुना झोलुङ्गे पुल निर्माणको जिम्मा नयाँबाटो, रुबिना, मना जेबीले पाएको थियो । २०७१ साल असार १० गते तीन वर्षभित्रमा पुल निर्माण सम्पन्न गर्ने गरी नौ करोड ८८ लाख २६ हजार ३३२ रुपियाँमा नयाँबाटो, रुबिना, मना जेबी र स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रीज डिभिजन पुल्चोकबिच सम्झौता भएको थियो । तीन पटकसम्म म्याद थप गरी कार्य सम्पन्न भएको सस्पेन्सन बृज डिभिजन कार्यालय काठमाडौँले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रेमनारायण बस्यालका अनुसार निर्माण व्यवसायीहरुको आन्तरिक विवाद र कास्की जिल्ला अदालतमा मुद्दा बिचाराधिन अवस्थामा रहेका कारण हस्तान्तरण हुन नसकेको बताउनुभयो । उहाँहरुको आन्तरिक विवाद समाधान नभएसम्मका लागि हस्तान्तरणको प्रक्रिया रोकिएको उहाँको भनाइ छ । कार्यालयको तर्फबाट करिब ४० प्रतिशत रकम पनि भुक्तान हुन बाँकी रहेको कार्यालयले जनाएको छ । तीन वर्ष पहिले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाबाट उद्घाटन गर्ने योजना भएकोमा निर्वाचन आचारसंहिताका कारण उक्त कार्य रोकिएको थियोे ।
देशकै नमुना तीनमुखे पुललाई दीर्घकालीन रुपमा सञ्चालन गर्नका लागि तीनवटै स्थानीय तहको समन्वय आवश्यक रहेको कार्यालयले जनाएको छ । तीन जिल्लाका तीनवटै स्थनीय तहहरुसँग समन्वय गरी दीर्घकालीन व्यवस्थापन गर्ने गरी आफूहरु लागेको कार्यालयले जनाएको छ । पुलले गुल्मीको रुरुक्षेत्र गाउँपालिका एक रिडी, स्याङ्जाको कालीगण्डकी एक कारिकोट चण्डिभञ्ज्याङ, पाल्पाको तानसेन नगरपालिका १४ अर्गली जोडेको छ । कालीगण्डकीमा बनाएको झोलुङ्गे पुलको मुख्य पिलर १७७।४ मिटर लम्बाइमा तीन जिल्लाको मध्यभागको दूरीमा छ । पुलको मध्यभागमा रहेको पिलरबाट हरेक जिल्लामा पुग्न बराबर दूरी छ ।
उक्त पुल अवलोकनका लागि देशका विभिन्न स्थानहरुबाट यहाँ आउने गरेको स्थानीय चुरामणि तिमिल्सिनाले बताउनुभयो । विशेष गरी नयाँ वर्ष, असारे ठुला एकादशी, हरिबोधनी एकादशी र मकरसङ्क्रान्तिको समयमा पुल अवलोकन र भिडियो बनाउनेहरुको घुँइचो लाग्ने गरेको उहाँको भनाइ छ ।
नेपाल सरकारका तत्कालीन मुख्यसचिव लीलामणि पौडेल र गुल्मी क्षेत्र नम्बर २ का सांसद चन्द्र भण्डारीले उक्त पुलको शिलन्यास गर्नुभएको थियो ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
राप्रपामा नेतृत्व छाड्न लिङ्देनमाथि तीब्र दबाब, चुनावी हार भन्दै लोहनीले दिए पदबाट राजीनामा
-
२.
रास्वपा अमेरिकाद्वारा सञ्चालित पार्टी : राष्ट्रिय जनमोर्चा
-
३.
रक्षा बममाथि भएको दुर्व्यवहारप्रति जेनजी फ्रन्टको भर्त्सना
-
४.
मुलुकमा दुई तिहाईको सरकार बन्दा न्यायपालिकामाथि प्रहार हुने ऐतिहासिक श्रृङ्खला छ : बार अध्यक्ष
-
५.
दमकमा बर्डफ्लुः करिब २५ हजार कुखुरा नष्ट गरिँदै
सम्बन्धित समाचार
बढ्यो सेयर बजार
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार १४.२१ अंक बढेको छ । सो अंकको वृद्धिपछि बजार परिसूचक...
सुनको मूल्यमा गिरावट
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा...
अमेरिकी डलरको भाउ बढ्यो
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलरको...
अब बिउको पनि ‘अडिट’
काठमाडौँ। बिउको पनि अडिट अर्थात् परीक्षण हुने भएको छ । सरकारले किसानसम्म गुणस्तरीय बिउ पुर्याउने र बिउ उत्पादकलाई जिम्मेवार...




