वाटको आक्रामक शतकमा लुम्बिनीमाथि कर्णालीको जित
काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) मा मार्क वाटको उत्कृष्ट शतकमा कर्णाली याक्सले लुम्बिनी लायन्समाथि ९ विकेटको सानदार जित निकालेको छ। वाटले रन जोडेपछि लुम्बिनीले दिएको १५७ रनको लक्ष्य कर्णालीले १२।२ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्यो।
उत्कृष्ट लयमा देखिएका वाटले ४४ बलमा ६ चौका र १२ छक्का प्रहार गरे। विल बोसिस्टोले २० बलमा नटआउट २९ रन जोडे। उनले २ चौका र एक छक्का प्रहार गरे।
वाटले दशौं ओभरमा लुम्बिनीका कप्तान रोहित पौडेलविरूद्ध २६ रन प्रहार गरेका थिए। सो ओभरमा उनले चार छक्का र एक पटक दुई रन लिएका थिए।
वाटले यो सिजन एनपिएलकै पहिलो शतक प्रहार गरेका हुन्। अघिल्लो सिजन पोखराका लागि आन्द्रेस गौसले लुम्बिनी लायन्स विरूद्ध १०४ रन प्रहार गरेका थिए।
त्यसअघि कर्णालीका ओपनर प्रियांक पाञ्चल १२ रनमा आउट भएका थिए।
शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको कर्णालीले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १५६ रन बनायो।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेल एक रनले अर्धशतक बनाउन चुके। उनी १७औं ओभरको चौथो बलमा सोपालको बलमा नाजिबुल्लाह जाद्रानबाट ४९ रनमा क्याच भए। रोहितले ४३ बलमा ४ चौका र २ छक्का प्रहार गरे।
खराब सुरूवात गरेको लुम्बिनीका ओपनर सन्दीप जोरा दोस्रो ओभरमा नन्दन यादवको बलमा विल बोसिस्टोबाट एक रनमै क्याच भए।
डार्शी सर्टले १९ रन बनाए। उनले १४ बलमा ४ चौका प्रहार गरे। डार्शी र रोहितबीच दोस्रो विकेटको लागि ३६ रनको साझेदारी भयो।
सुस्त ब्याटिङ गरेको लुम्बिनीले पावरप्लेमा एक विकेटको क्षतिमा ३६ रन र १० ओभरमा ३ विकेटको क्षतिमा ५९ रन मात्र जोड्न सकेको थियो। यद्यपी लुम्बिनीले पछिल्लो पाँच ओभरमै ६८ रन जोडेको थियो।
दिलीप नाथ ६ रन, गुल्बादिन नइब ७ रन र सुमित महर्जनले ४ रन मात्र जोड्न सके। जेजी स्मितले १४ बलमा दुई चौका र १ छक्काको मद्दतमा २३ रन जोडे। अन्त्यमा रुबेल ट्रम्पलम्यानले १४ बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २९ रन जोडेपछि लुम्बिनीले १५० रन कटाएको थियो।
बलिङमा कर्णालीका नन्दन यादवले २ विकेट लिए भने सोमपाल कामी, गुल्सन झा, मार्क वाट, विपिन शर्मा र युवराज खत्रीले १(१ विकेट लिए।
यसअघि पहिलो खेलमा लुम्बिनी विजयी हुँदा कर्णालीले भने हार ब्यहोरेको थियो। एनपिएलमा आज दोस्रो खेलमा विराटनगर किंग्स र काठमान्डु गोर्खाजबीच खेल हुँदैछ।
ताजा अपडेट
ट्रेन्डिङ
-
१.
५ वर्ष टिक्ने सरकार र भ्रष्टाचारमुक्त शासन काँग्रेसको लक्ष्यः विश्वप्रकाश शर्मा
-
२.
पूर्वमुख्यमन्त्री शर्मा प्रदेशसभा सदस्यबाट पदमुक्त
-
३.
कुष्ठरोग निवारणका लागि कानूनी सुधार र अधिकारमुखी सोच आवश्यकः पूर्वप्रशासक र कानूनविद्हरू
-
४.
बढ्यो नेप्से
-
५.
औपचारिक रूपमा अघि बढ्यो आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया
सम्बन्धित समाचार
वेस्ट इन्डिजलाई हराउँदै भारत वि टी २० विश्वकपको सेमिफाइनलमा
काठमाडौं। सन्जु सामसनको सानदार अविजित ९७ रनमा भारत आइतबार वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गर्दै ट्वान्टी–२० विश्वकप क्रिकेटको सेमिफाइनलमा...
आईसीसी टी–२० विश्वकप २०२६ : श्रीलंकाविरुद्ध जित निकाल्दा पनि पाकिस्तान बाहिरियो, न्युजिल्यान्ड ‘भाग्यशाली’ बन्दै सेमिफाइनलमा
काठमाडौं। पाकिस्तान आईसीसी टी–२० विश्वकप २०२६ बाट बाहिरिएको छ । शनिबार भएको सुपर ८ को खेलमा श्रीलंकाविरुद्ध आवश्यक अन्तरको...
आईसीसी टी २० विश्वकप २०२६ : न्युजिल्यान्डको हारले रोचक बन्यो समिकरण
काठमाडौँ। आईसीसी टी २० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को खेलमा इंग्ल्यान्डले न्युजिल्यान्डमाथि रोमाञ्चक जित हासिल गरेको छ। शुक्रबार...
विश्वकप लिग २ का लागि २० खेलाडी क्लोज क्याम्पमा
काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग-२ को तयारीका लागि २० खेलाडी छनोट गरेको छ। शुक्रबार क्यानले तयारी...




